विश्व वातावरण दिवसमा पर्सा खैरहनी जेसिजद्धारा वृक्षारोपण
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७ | २०:०४:५२
चितवन , २३ जेठ।
विश्व वातावरण दिवसको अवसरमा आज वृक्षारोपण गरिएको छ । पर्सा खैरहनी जेसिजले पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ९ मा वृक्षारोपण गरेको हो ।
एक विरुवा मेरो जिम्मेवारी भन्ने नारालाई आत्मसाथ गर्दै जेसिजले वृक्षारोपण गरेको पर्सा खैरहनी जेसिजका अध्यक्ष कविर श्रेष्ठले जानकारी दिए । लकडाउनको समय भएकाले आज सांकेतिक रुपमा केहि विरुवा रोपिएको र एक हप्ताभित्र सोहि स्थानमा थप ५० वटा विरुवा रोपिने श्रेष्ठले बताए ।
प्रकाशित मिति : शुक्रबार, जेठ २३, २०७७ |
२०:०४:५२
6425


















