लिखित जवाफ बोकेर प्रधानमन्त्री आफैं पुगे सर्वोच्च
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०६, २०७७ | १२:२३:२७
काठमाडौं,६ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जबाफ पेश गर्न आज आफैँ सर्वोच्च अदालत पुगेका छन् । ओली लिखित जवाफ बोकेर बिहीबार बिहान पौने १२ बजे सर्वाेच्च अदालत पुगेका हुन्।
ओलीले पार्टीको आन्तरिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा ९३ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भट्टराईलाई बाजे वकिल र सर्वाेच्चमा भइरहेको बहसलाई तमासा भनेर भनेका थिए।
कानुन व्यवसायीका साथै अदालतको बहसलाई तमासा भनेर अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध रिट दायर गरिएको थियो।
उक्त मुद्दामाथि सुनुवाई गर्ने क्रममा माघ १५ गते न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले ओलीलाई आफैँ उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको थियो।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०६, २०७७ |
१२:२३:२७
2267