आज देशका पहाडी भू-भागका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ वैशाख २१-

मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ । आज देशभर बदली रहने महाशाखाको अनुमान छ ।

हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू(भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव छ ।

अहिले प्रदेश १ र २ मा सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

भोलि पहाडी भू-भागका केही स्थानमा वर्षा हुन सक्ने छ भने पहाडी क्षेत्रमा बदली हुने छ । भोलि राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का केही स्थानमा वर्षा हुने छ ।

बिहीबार देशका केही स्थानमा वर्षा र एक(दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।