रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०८१ | १२:३५:१७
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । आज बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको एक नेताले जानकारी दिए । संसदको बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आजको प्रतिनिधिसभा बैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०८१ |
१२:३५:१७
2795