प्रतिनिधिसभा बैठक बस्न ढिलाइ, दलका सचेतकसँग छलफलमा सभामुख
प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०८१ | १५:३०:५१
काठमाडौँ । प्रतिनिधिसभाको बैठक समयमा शुरुण हुन सकेको छैन । आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नाभ्येपाची बैठक अझै सुरु हुन सकेको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने वा नदिने भन्ने सहमति दलहरूबिच नजुट्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सकेको छैन । अहिले सभामुख देवराज घिमिरेले विभिन्न दलका सचेतकहरुसँग छलफल गरिरहेको बताइएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०८१ |
१५:३०:५१
1893