प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित
प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०८१ | १८:११:१७
काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठक नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् । आजको दोस्रो बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।यसैबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए । कांग्रेसका सांसदहरुको लगातारको नाराबाजीपछि सभामुखले बैठक स्थगित गरेका हुन् । जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०८१ |
१८:११:१७
2113