मागी विवाह
प्रकाशित मिति: शुक्रबार, माघ ०६, २०७९ | २२:४३:१५
न राम्रो चिनजान छ
न राम्रो बोलचाल छ
न त धेरै भेटघाट छ
न त दुई बीच प्रेम सम्बन्धनै छ
—————————
परिवारले भनेपछि
लमीले खोजेपछि
सुरु भएको बिवाहको प्रसंग
विश्वासका आधारमा
सर्वप्रथम विवाहमा परिणत हुन्छ
अनि बल्ल सुरु हुन्छ
बोलचाल
देखादेख
चिनजान
अनि सुरु हुन्छ प्रेम
जीवनभरको साथको लागि
सुन्दा अनौठो लाग्ने
तर सफल प्रचलन
मागी विवाह ।
प्रकाशित मिति : शुक्रबार, माघ ०६, २०७९ |
२२:४३:१५
9439


















