‘परी’: एक आभाषी दुनियाँकी (संस्मरण)
भाग १ ‘परीको’ आगमन
यदि मेरा मानसपटलमा गलत स्मृतिहरु धुमिल भई रहेका छैनन् भने ती स्वर्णीम पलहरु संवत् २०६३ को शिशिर यामको आसपास हुनु पर्दछ। १० बर्षे लामो सशस्त्र माओवादी जनयुद्धलाई किनारा लगाउँदै देशविस्तृत शान्ति सम्झौताको तयारीमा थियो। चिसो बतास चल्ने किर्तिपुरको त्यो ट्याङ्लाफाँटको बसाईँ वास्तवमैं मेरा लागि जीवनको एउटा महत्वपूर्ण मोड थियो। परेड शैलीमा बाल्टी लिएर पिउने पानीको लागि लाईन बस्नुपर्ने ह्वाईट हाउसको त्यो नियम कुनै ब्यारेकको भन्दा कम आँकलन गर्न मिल्दैन। घिसाई पिटाई जीवन भोगाई र पढाई जसो तसो चल्दै थियो। ईन्जिनियरिङ्ग अध्ययन गरे पनि स्कूले जीवनदेखि नै साहित्य प्रतिको अभिरुचीले त्यसमा कहिले काहिँ कलम चलाउन प्रेरित नै गर्थ्यो।पेशा र परस्थिती परिवर्तन भएसँगै लेख्ने सिलसिला पनि हराउँदै जाँदो रहेछ।अन्तरमुखी स्वभावको भएर होला ब्यक्त भन्दा अब्यक्त भावहरुलाई कल्पनामा रोमल्दै रमाउने प्रकृतिको मान्छे हुँ म। कल्पनाको संसारमा एउटा ‘परी’ को श्रृजना गरेर शब्दलाई कागजमा र चित्रलाई क्यान्भासमा उतार्ने मेरा प्रयासहरु अनवरत त्यसताका चलिरहन्थे।
त्यतिबेला किर्तिपुर ट्याङ्लाफाँट को ह्वाईट हाउसको त्यो कोठा नं १०३ अँध्यारो हुन्थ्यो, तर परीको आँखा उज्यालो, विशाल, अनौठो, र मोहक। म उनलाई सपनामा प्रष्टसँग देख्न चाहन्थे तर आवरण धुमिल थिए। एक विशाल झरनाको किनारमा उभिएर, उनले मलाई टाढैबाट हेरिरहेकी हुन्थिन्। उनको मुहार त स्पष्ट देख्न सक्थिँन, तर आँखारु ती आँखा जादू जस्तै थिए। यस्तो लाग्थ्यो, ती आँखाले समयलाई स्थिर पार्न सक्छन्, भूत, वर्तमान, भविष्य—सबै कुराको रहस्य बताउन सक्छन्।म त्यही दिनदेखि उनको खोजीमा छु। उनी को थिइन्रु के उनी केवल मेरो कल्पनाको उपज मात्र थिइन्, वा कुनै रहस्यमय संसारकी वास्तविक अस्तित्व भएकी थिइन्रु हरेक रात, जब म निदाउँछु, उनी मेरा सपनामा आउँछिन् पुरापुर फिल्मी शैलीमा। कहिले झरनाको किनारमा त कहिले तारा भरिएको आकाश मुनि। म कहिल्यै उनीसम्म पुग्न सक्दिन र उनलाई प्रष्ट देख्न पनि सक्दिन। तर अब, म यात्रा सुरु गर्दैछु। यदि उनी केवल मेरो कल्पनामा मात्र छिन् भने पनि, म उनलाई आभाषमा समेट्न चाहन्छु। यदि उनी कुनै अर्को संसारकी हुन् भने पनि, म त्यो संसार नियाल्न चाहन्छु।तर यो यात्रा सजिलो हुने छैन। यो केवल सपनाको यात्रा होइन। म अज्ञात रहस्यहरूको पाटो खोल्न जाँदैछु, जुन सम्भवतः म कल्पना गर्न पनि नसक्ने हुनेछु।
२०६३ साल मंसिर महिनाको त्यो रातसन्नटाले भरिएको चिसो रात थियो।स्नातकोत्तर अध्ययन गर्ने दाजुदिदीहरुले भरिभराउ ह्वाईट हाउसमा सयौँको सपना उर्लिरहेको हुनुपर्छ गन्तव्य भेट्नलाई ।रातको १ बजे पनि कसैको कोठामा प्रेसर कुकरको सिट्टी लागेको सुनिन्थ्यो। म बाहेक अरुले पनि सायद सपनाको सम्झौता गर्दै गरेको हुनुपर्दछ। मेरो रुपा ९रुम पार्टनर० राजुको हप्ता बिराएर पाटनमा रातीको सिफ्टमा डिउटी हुन्थ्यो ।राजुको रात्रकालिन डिउटी हुँदा म कोठामा एक्लै हुन्थेँ, छेउमा जगजीत र चित्राको गजलको डि।भि।डी।, कालो कफी, कोरा काजग र कलम ।बस, अरु के नै चाहियो र म भित्रको मलाई पूर्ण बनाउन। सुत्ने तर्खर गर्दाम सोचिरहन्थेँ—कहाँबाट सुरु गर्नेरु के त्यो झरना मात्र मेरो सपनाको भाग थियो, वा कुनै वास्तविक ठाउँमा पनि अवस्थित थियोरु म हरेक ती काल्पनिक किताब, नक्सा, पुरातन कथा खोज्दै गएँ, कुनै संकेत पाउन सकिन्छ कि भनेर।पृष्ठभरि उकेरिएका रहस्यमय चिह्नहरू, अपरिचित भाषा, र अस्पष्ट संकेतहरूले मेरो मनलाई झन् उत्सुक बनाउँथ्यो। के यो मेरो ‘परी’ को संसार होरु के म त्यो महसुस गर्न सक्छु मलाई हेर्दै, मैले यात्रा सुरु गर्ने निर्णय गरें।म सायद त्यतिबेला कल्पलनाको ‘परी’ लाई महसुस गर्ने चरणको उत्कर्षमा थिएँ। त्यही उत्कर्षमा रोमलिँदा रोमलिँदै कतिबेला निदरीको काखमा पुग्थेँ थाहै हुन्नथ्यो।त्यो केवल सपना खोज्ने यात्रा थिएन, त्यो मेरो आभाषको परिभाषा बदल्ने यात्रा थियो।
दिनहरु चलाएमान नै थिए ।भित्तेघडीको सूइले पनि एकटक नरोकि आफ्नो कर्म गर्दे थियो। यस्तैमा एक दिन अचम्म भयो। जस्तो’परी’ लाई मैले कल्पनाको संसारमा मात्र महसुस गर्थै,बिल्कुलै फिल्मी शैलीमा आज उसकै बिम्बको आभाष दिलाउने जस्ती साक्षात’परी’को प्रवेश हुन्छह्वाईट हाउसमा। आँखामा गाजल लगाए नलगाएको एकिन भएन तर मृग नयनी आँखा भएकी, ठिक्क लामो कालो कपाल, सुहाउँदो मोटी, खैरो पेन्ट, कालो ज्याकेट, मधुर हरियो रंगको साईड ब्याग भिरेकी । पहिलो नजरमा शब्दले मात्र वर्णन गर्न अपुग भएको महसुस हुने। पहिलो नजरमैं मायामा भनेर सिनेमाहरु देखाए जस्तै पहिलो नजरमा नै मेरो मानसपटलमा बस्न पुगेकी उनका निर्दोष ती नयनहरुले मेरो मनमा चंचलता भरिरहेका थिए। त्यस्तो त फिल्ममा मात्र देख्ने गरेको थिएँ, तर त्यो रात म वास्तविकतामा मैं म उत्ताउलो हुँदै गएको थिएँ। उनका आँखाहरुले मलाई उनीतिरै तानीरहेका थिए । खै के कारण हो म आजसम्म पनि ब्यक्त गर्न सक्दिन तर उनका आँखामा यस्तो जादु थियो जसले मलाई अस्थिर बनाई रहेका थिए। ती लगभग त्यहीूपरीू का आँखा थिए जसलाई मैले दिनहुँ सपना र कल्पनामा आभाष गर्थे।अरु कसैले उनको आँखामा त्यो गहिराई देखे देखेनन्, महसुस गरे गरेनन् मलाई थाहा भएन्, तर म उनको आँखामा बेग्लै गहिराई र नशा महसुस गर्थै। फेरि भित्री मनले डाह पनि गर्यो जुन गहिराई र नशा’परी’ का आँखामा म महसुस गर्थे, त्यो कसैले नगरोस्, गर्न नसकोस् पनि।त्यसैले मेरा लागि उनी ‘परी’नै भएर आएकी थिईन। त्यस साँझ मैले ह्वाईट हाउस माउनीबारे कसैसँग केही बुझ्ने प्रयास गरिन्। बस मानसपटलमा सजाएर छेउमा जगजीत र चित्राको गजल ‘मेरे जैसै बन जाओगेूमन्द आवाज पृष्ठभूमिमा गुन्जाउँदै कोरा कागजमा गजल कोर्न आतुर थिएँ
नबोलेरै नेपथ्यका नुतन नानी नतान
नशालु ती नयनका नजरले नहान
मौनताको मित्र मेरो मधुमासकी मालती
मुस्कानको मोल महामणी माया तिम्रै महान
लाभलोकका ललित लहर लरबरिएर लडिगए
लालीगुराँस लाज लागि लागे लाउन लगन
९२०६३(०९(०४, किर्तिपुर, राती ११स्२० को गजल डायरीबाट साभार०
त्यस रात म कति निदाउन सके हुँला एकिन गर्न त सक्दिन तर मानसपटलमा ‘परी’का आँखाले होली खेलिरहेको पलहरु आजै जस्तो लाग्छ। भोलि पल्ट रुन्चे आँखा मिच्दै बाल्टी लिएर पिउने पानी थाप्न लाईन बस्दै थिँए।हिजोकी परीलाई आफ्नो कोठासँगैकी गिता बहिनीसँग गफ गर्दै गरेको देखेँ। शर्मा(शर्मा भएर पनि होला गिता बहिनिको दाजु दिवाकरसँग राम्रो कुरा हुन्थ्यो। गिता बहिनीलाई म पनि माया गर्थे र उनले पनि मलाई आदर नै गर्थिन्।त्यस दिनको समग्र अब्यक्त तथ्यले ूपरीू त ूम्याडमकी बहिनीू रहिछन् भन्ने थाहा भयो। म्याडम भन्नाले मेरै बिल्डिङ्गको दोस्रो तल्लामा पूर्व फर्केको बार्दली भएको कोठामा बस्ने प्राप्ति म्याडम।प्राप्ति म्याडमको बाबु सारै नै चञ्चले र ह्वाईट हाउसभरि सबैले माया गर्ने खालका थिए।त्यो सातामेरा लागि, उनी ूम्याडमकी बहिनीू हुन भन्ने थाहा पाएर मात्र बित्यो।
सायद, शुक्रबरको दिन हुनुपर्दछ, अर्को साता, ह्वाईट हाउसमा ‘परी’ को पूनः आगमन भयो।ूपरीू लाई हेरेर मोहित हुने त्यहाँ म मात्र थिईन भन्ने मलाई थाहा थियो। दिदीको छोरासँग बार्दलीमा खेल्दै हाँसेको ‘परी’ लाई हेर्न ठिक अगाडी पाले घरमा रहेको पत्रिका पढ्ने निहुँमा होस् या पदम सरको कोठाको झ्यालबाट होस्, मानिसहरु हेर्न जान्थे।अरुले’परी’ तिर हेर्दा, उनीसँग गफ गर्दा पनि भित्रभित्र कताकता जलन महसुस हुन्थ्यो। संवत २०६३ पौष महिनाको तेस्रो साता हुनुपर्छ, त्यस रातबाट झन बढी छटपटि सुरु भएको थियो। मनमा अनेक तर्कनाहरु मडारिँदै थिए। मन एकोहोरो’परी’को बारेमा मात्र सोच्ने बन्दै गईरहेको थियो।आफ्नो मनमाथी आफैले काबु पाउन नसकेर के गरौँ, कसो गरौँ, उनीसँग कसरी सम्पर्क स्थापित गरौँ, वा नेपथ्यबाटमात्र नियाली रहुँ, वा कल्पनामा मात्र सिमित राखौँ, वा अब्यक्त रहिरहुँ, वा अगाडी बढौँ जस्ता तर्कनाहरु मडारिन लागेका थिए।मनमा पापदेखि प्राप्तिसम्मका लालचाहरु पनि मौलाउन थालेका थिए। जीवनका २० औँ बसन्त पार गरिसक्दा समेत मैले आफ्नो तर्फबाट कसैप्रति प्रेम ब्यक्त गरेको थिईन।तथापि,’परी’लाई प्रेमको साँघुरो परिभाषा र दायरामा मात्र सिमित राख्ने मेरो चाह थिएन्, त्यो भन्दा माथि, आकाशभन्दा माथि अनि क्षितिजभन्दा पनि माथि।आफ्नो ब्यक्तित्व आकर्षक नहुनाले पनि कोही आफूप्रति आकर्षित नहुने ईन्फेरियोरिटी कम्प्लेक्सममा सदाहाबी थियो।मनमा चन्चलता रूपरीू का आँखाको मनमोहकताले दिमागमा शैतानी जुक्ति निस्कियो( ‘परी’सँग ईन्टनेटको माध्यमबाटजोडिने। त्यसताका,याहु मेसेन्जर हाबी रहेको जमाना थियो।गिता बहिनीको माध्यमबाट ‘परी’ सँग जबरजस्ती सम्पर्क स्थापित गर्न उनको याहु मेसेन्जर आई। डि।उपलब्ध गराउन अनुरोध गरेँ। गिता बहिनी, त्यसै त एकदम छिटो छरितो अनि तेज रफ्तार भएकी, उनैको माध्यमबाट ‘परी’ कोयाहु मेसेन्जर आई। डि।पनि हात पर्यो।’परी’ अब मेरा लागि आभाषी दुनियाँमा मा उचबनथब)उचयmष्कभमापनि परिणत भईन्।त्यतिबेलै थाहा भयो ‘परी’ को सांसारिक नाम ूप्रज्ञाू रहेछ भन्ने।ूप्रज्ञाू एक गहिरो अर्थ बोकेको शब्द हो, ज्ञानीपनवाबुद्धिमत्ता। यो शब्द संस्कृतबाट आएको हो र जसको अर्थ हो (गहिरो बोध, सत्यको ज्ञान, रबुद्धि। प्रज्ञा व्यक्तिको यस्तो अवस्था हो, जसमा मानिसले वास्तविकता, जीवनका गहिरा पक्षहरू र धर्मका सिद्धान्तहरूलाई बुझ्न सक्छ। यसलाई सामान्यतया उच्च स्तरको बौद्धिक वा आध्यात्मिक जागरूकतासँग जोडिन्छ।तर यो त कलियुग हो र यहि कलियुगको एक लालची म, जसले आफ्ना मर्यादाहरुलाई बिर्सेर नितान्त आफ्नो स्वार्थ हेरिरहेको छ। त्यसकारण, गिता बहिनीबाट प्राप्त भएको ूपरीू को याहु मेसेन्जर आई। डि। मा जोडिन तत्कालै अनुरोधपठाउँदा शंका पाउँछिन कि भन्ने डरले करिब २ साता पश्चातमात्र अरुकै नामको फर्जी आई। डि। बनाएर उनीसँगयाहु मेसेन्जरमा जोडिए।ूपरीू सँग ईन्टरनेटमाजोडिन त जोडिए तर जोडाईको आधार झूठ र स्वार्थमा अडेको छ भन्ने कुराको मलाई त्यतिबेला कमै चेतना भएको अहिले महसुस गर्दै छु।त्यो किशोरावस्थाको एउटा यस्तो पागलपन थियो जस उपर मेरो कुनै काबु थिएन।मेरो उद्देश्य ूपरीू लाई भौतिक रुपमा प्राप्त गर्नु थिएन्।म उनीलाई केवल महसुस गर्न चाहन्थेँ, काल्पनिक दुनियाँमा उनीसँग रमाउन चाहन्थेँ, उनीसँग आफ्ना भावनाहरु साट्न चाहन्थे, आफैमा बस् हराउन चाहन्थें।आफ्नो असली परिचय र आवरण लुकाएर, झुठ कै बुनियादमा भए पनि उनीसँग कुराकानी हुन थाल्यो, अन्तरंग हुनथाल्यो, मनका बहहरु साट्न थालेँ। म सँगको संवादमा उनी पनि खुशी नै भए झै भान हुन्थ्यो। अहिले जस्तो हातहातमा ईन्टरनेथिएन्। पहिल्यै समय तय गरेर साईबर क्याफेमा गई कुराकानीगर्नु पर्थ्यो।ूपरीू सँग मात्र सम्पर्क गर्ने हेतुले मैले मेरो मोबाईलकोएउटा बेग्लैसिम कार्डलिएको थिएँ। त्यसको नम्बर ूपरीू बाहेक अरु कसैलाई थाहा थिएन।६० को दशक नेपाली सन्चार क्षेत्रको क्रान्तिको दशक जस्तै थियो । तदनुरुप समयक्रमसँगैहाम्रो अन्तरंग एस।एस।एस।बाट भ्वाईस कल तर्फ पनि डोहोरिसकेको थियो। ूपरीू को आँखा मात्र होईन बोलीमा पनि उत्तिकै मिठास थियो।उनको आवाज मनसम्म पुगेर मिठास भर्ने खालको थियो।जसरी बिहानको पहिलो घामले ओसिला फूलहरू स्पर्श गर्छ, त्यसरी नै ूपरीूकाआवाजले हृदयमा स्पन्दन पैदा गर्थ्यो। उनको मधुर आवाजले रात्रीको शान्तिलाई झन् मधुर बनाए झैँ भान हुन्थ्यो। टेलिफोनको अन्तरंगसँगै बग्ने उनको मधुर ध्वनिले मनमा सुन्दर फूलहरु फुलाउँथे र हरेक क्षणलाई चीर अविस्मरणीय बनाउँथे।राती अबेर सम्म पनि उनको फोन, मेसेज कुर्ने बानी भएको म त्यस ताका कल्पनाको संसारको उत्कर्षमै पुगे जस्तो भान हुन्थ्यो।उनीसँग सुरुसुरुमा मोबाईल फोन नभए पनि कहिले साथीको बाट, कहिले प्राप्ति दिदीको फोनबाट सम्पर्क गर्थिन। हरेक पल उनको मेसेज र फोन आउन सक्ने सम्भावनालाई समेट्दै मन हर्षित हुन्थ्यो।तर यो मिठासको अर्को पाटोले सदा पिरोल्थ्यो, किन यस्तो गर्दै छु, के प्राप्तिका लागि गर्दै छु रु यस बिच मैले ूपरीू सँग धेरै कुरा झुठा र बेबुनियाद पनि गरेको थिएँ।ूपरीू सँग म ूविवेक शर्माू को नामले चिनिएको हुँदा आफ्नो सहपाठी विवेक कै परिचय र पारिवारिक पृषठभूमि उनी सामु बेलिविस्तार लगाएँ जनु कुरा मैले स्वयं विवेकलाई पनि कहिल्यै भनिन्।दुवै जनाको घर मोरङ्ग भएकोले त्यसमा भने उनीसँग झुठो बोल्नु परेन्।उनको मनमा के थियो भन्ने मलाई ठ्याक्कै एकिन नभए पनि उनी मलाई ूविवेकू कै रुपमा मन पराउँथिन भन्ने मलाई लागेको थियो। असली परिचय उजागर भए सब थोक बिग्रने र उनीसँगको सम्पर्क पनि बिच्छेद हुने डरले मैले ूपरीू लाई कहिल्यै पनि आफ्नो वास्तविकता भन्ने जमर्को गरिन्। आभाषी रुपमासही ूपरीू एकदमै मायालु र हेरचाह गर्ने स्वभावकीथिईन्। बिसन्चो हुँदा बेलाबेला हाल खबर बुझेर शुभ भावर माया ब्यक्त गर्थिन्।उनको यही बानीले म उनीप्रति मोहित थिएँ, अझ भनौँ जो कोही मोहित हुन सक्थें।
प्रेमको परिभाषा नबुझे पनि ूपरीू सँगको त्यो आभाषीसम्बन्धलाई मैले प्रेमको साँघुरोदायरामा मात्रकहिल्यै पनि बाँध्न चाहिन, प्रेमको परिभाषा के हो भनेर बुझ्न पनि चाहिन्, तर जुन पल, जुन समय, जुन अन्तरंग मैले ूपरीू सँग त्यतिबेला बिताएँ ती मेरा जीवनकालका स्वर्णीम पलहरु हुन जसलाई म सधै एउटा मिठो स्मृतिको रुपमा संगालेर राख्न चाहन्थे, सायद प्रेम भन्दा माथि, प्रणय भन्दा माथि अनि आफू भन्दा नि माथि ।ती स्मृतीहरुलाई जीवन भोगाई कै उत्कृष्ट पलहरुको रुपमा कैद गर्न चाहन्थे, जीवनलाई उर्जाशिल बनाएर चीरकालसम्म अविस्मरणीय बनाउन चाहन्थे। हामी दुबै एकअर्का सँग टाढा भएर पनि नजिक भनौँ या नजिक भएर पनि टाढा थियौँ म ब्यक्त गर्न सक्दिन, तरूपरीू सँगको प्रत्येक वार्ता, हाँसो, र हर्षित पलले मेरो हृदयलाई एक अद्वितीय शान्ति र आनन्दले भरिदिएको हुन्थ्यो। आज पनि ती यादहरु मेरो दिमागमा रुमलिन्छन्, ती ख्यालहरु जसले मित्रता वामायाको सिमा ननापेर जस्तो सुकै परिस्थितिमा पनि आफू छु भन्ने आभाष दिलायो।मैले ूपरीू सँग जे गरिरहेको थिएँ, त्यो ठिक गरिरहेको छैन, गलत गरिरहेको छु, यो अक्षम्य छ, कठोर छ भन्ने महसुस गर्दै कयौँ पटक एक्लै आँखाभरि आँसु भरेको पनि थिएँ।तर मेरा आँसुको असली दुनियाँमा होस् वा आभाषी दुनियाँमा होस्, कुनै अर्थ थिएन ।न त कसैले तिनलाई बुझ्नसक्थे, न त तिनीहरूले कसैको मन नै छुन सक्थे।
भाग(२स् आभाषी दुनियाँकी ूपरीू
यसो त ूपरीू मेरो लागि आभाषी दुनियाँमा मात्र थिईन। वास्तविक दुनियाँमा ूपरीू मेरा लागि बादलपारी क्षितिजकी ूपरीू सरह नै थिईन्। कामको सिलसिलामा मैले केही समय काठमाडौँ उपत्यका छोड्नुपर्ने भयो र सोही अनुरुप मैलेह्वाईट हाउसपनि छोड्नु पर्यो। ूपरीू सँग पहिलो नजरको मिलन भएको ह्वाईट हाउससँगै साथीहरु राजु, राजेश, दिवाकर दाई, र मलाई ह्वाईट हाउससम्म डोहोर्याएर ल्याउनुहुने दिनेश दाइ र गिता भाउजुलाई विशेष आभार प्रकट गर्दै भारी मन लिएर बिदा भएँ।तर म जहाँ गए पनि ूपरीू को सन्निकटमै रहन्थेँ।उनले आफ्ना साथीहरु कान्ति, लक्ष्मी बारे चर्चा गर्थिन्।त्रि(चन्द्र कलेजमा बि।एस।सी। अध्ययनरत उनी आफ्नो दिदी प्राप्ति, दिदीको छोरा, कठोर जस्तो लाग्ने तर नरम दिल भएका आफ्ना दाजु, गुल्मीमा रहनुहुने आमा(बुबा सबैको कुरा गर्थिन्। कलेजका गतिबिधि, साथीहरुसँगको दिनचर्या सबै सुनाउँथिन।२०६४ साल आषाढ २५ गतेूपरीू लाई उनले दुई दशक पार गरेको पावन अवसरमा जन्मदिनको शुभकामना दिने आँट गरेर उनको दाजुको नम्बरमा फोन गरेको मात्र के थिएँ, मेरो त सातो खाईदिए, हतार हतार फोन काटेँ। पछि उनै कठोर जस्तो लाग्ने तर नरम दिलवाला दाजुले ूपरीू लाई कल ब्याक गर्न लगाएछन्, डराई डराई ूपरीू लाई जन्मदिनको शुभकामना ब्यक्त गरेँ, लाग्यो धन्न बाँचियो आज।उनको जन्मदिनको अवसरमा गौतम भाइ मार्फत उनकै कलेजसम्म जन्मदिनको सानो उपहार पनि पठाँए जसलाई उनले ग्रहण गरेर खुशी समेत ब्यक्त गरेकी थिईन।
२०६४ सालकै दशैमा घर जाँदा थोत्रो गाडी परेकोले काठमाडौँ(तम्घासको यात्रामा १६ घण्टा लागेको कठिनअनुभव ूपरीूले मलाई सुनाएकी थिईन्।गाडीको कुनै हिस्साले काटेर अलिकति रगत आऐको पनि सुनाएकी थिईन्। म सानैदेखि हिंसा मन नपराउने र रगत भनेपछी एकदमै डराउने मान्छे हुँ। उनलेरगतको कुरा सुनाएपछि म निकै भावुक भएको थिएँ। कहीँ टिटानस वा यस्तै अरु कुनै समस्या हुने हो कि भन्ने डरले उनलाई सावधनी अपनाउन सल्लाह दिएको थिएँ।त्यसको भोलिपल्टै म पनि दशै मनाउन मोरङ्ग घर जाँदै थिएँ। यात्राको दौरान सोच्दै थिएँ, बाटो भरि रहेका यी बोट(बिरुवा, रुख, अमूर्त पोल, तार, घरहरुले समेत हिजो यही बाटो हुँदै घर गएकी मेरी ूपरीूको स्पर्श गर्न पाए होलान्, तर मैले आजसम्म उनको स्पर्शको आभाष गर्न पाएको छैन र सायद कहिल्यै पनि पाउँदिन।किन कि म आभाषी दुनियाँमा मात्र उनको स्पर्श महसुस गर्थे, उनको काखमा आफ्नो शिर राखेर गहिरो निद्रामा हराउँथे, उनले मेरा केशहरुमा स्पर्श गर्दै सुम्सुम्याउँथिन अनि म ननिदाए पनि निदाए जस्तो भान गर्थें ।आफूलाई एउटा कागजको टुक्रा जस्तो बनाउन पाए पनि उडेर उनकै समिपमा पुगौँ झै लाग्ने, उनकै सिरानी मुनि चेपिएर बसौँ झैँ लाग्ने, भावमा ब्यक्त गर्नै नसक्ने खै कस्तो आभाष थियो त्यो।राती आकाशमा टहटह जुनलाई हेर्दै मनैमनमा आनन्दित हुन्थे, आखिर यहि एउटै जुन हो जसले यतिबेला हामी दुबैलाई शितलता प्रदान गरिरहेको छ।अनि सोच्थेँ कि मेरा लागि उनी केवल एउटा सुन्दर भ्रम हुन, जसलाई मेरो मनले कहिल्यै अवास्तविक भन्न सक्दैन, आभाषी भए पनि टाढा भए पनि, उनी नै मेरो सबैभन्दा गहिरो उपस्थिती जस्तो लाग्थ्यो।यात्राभरि आँखा चिम्लँदै कानमा हेडफोन मष्तिष्कमा ूपरीू को आभाष, अनि कानमा सुमधुर संगीत।।।।।।।।।।।।।।।।।।ूदेखके तुमको।।।।। होसमें आना।।।।।भुल गए।।।।।।।याद रहे तुम।।।।।।। और जमाना।।।।भुल गएू।।।।।।।।।।।।।।।।।।।।, कति बेला घर पुगे थाहा नै नहुने।
एवं प्रकारले समयका प्रहरहरु बित्दै गए, मनमा सम्बन्धको मिठास अझै रसिलो र प्रगाढ बन्दै गईरहेको थियो।हिजो आभाषको लागि मात्र स्थापित सम्बन्ध, अब प्राप्तिको तृष्णातर्फ पनि डोहोरिन थालेको लालचा महसुस गर्दै थिएँ जुन मेरो लक्ष्य छँदा पनि थिएन र यथार्थ दुनियाँमा जुन कदापि सम्भव पनि थिएन्। तै पनि आभाषी दुनियाँकी ूपरीू मेरा लागि यथार्थ दुनियाँको भन्दा कदापि कम नभएको भ्रम मनभरि मडारिईरहन थालेका थिए।जता गए पनि सञ्चारको माध्यमबाट उनको नजिक नै हुन्थे। कामको सिलसिलामा एकदिन काठमाडौँ आउने अवसर जुट्यो।उनलाई आफू काठमाडौँ आएको जानकारी पनि गराईन।ह्वाईट हाउसछोडे पश्चात उनका ती कोमल नयनहरु नदेखेको पनि महिनौँ बितिसकेका थिए।बिहान टेलिफोन मार्फत त्रिचन्द्र कलेजमा उनको पढाई भए नभएको र कति बेला कक्षा छुट्ने एकिन गरेर उनीलाई त्यो दिन पछ्याएरै भए पनि ती कोमल नयनहरुलाई नियाल्ने निर्णय गरेँ। रत्नपार्कको आकाशे पुलको चिया पसलमा ६र७ कप चिया पिँए हुँला उनको कक्षा छुट्ने पर्खाईमा। कहिले जामे मस्जिद, कहिले रानी(पोखरी, त कहिले जमलको ३र४ फन्को लगाए पश्चात उनको कक्षा छुटेर साथीहरुसँग बाहिर निस्किएको देखें।कालो पेन्ट, हल्का गुलाबी टि(सर्ट अनि पहिले झै छेउमा साईड ब्याग भिरेकी, आँखा चाहिँ राम्रो सँग देख्न सकिन, पारी घण्टाघरको अघि जो उभिएको थिएँ।त्रि(चन्द्रबाट उनी र उनका केही साथीहरु पैदल पुतलीसडकतर्फ लागे। मुखमा मास्क अनि टाउकोमा क्याप लगाएर म उनीहरुलाई पछ्याउन थाले, एउटा गन्तव्यहिन यात्रा जस्तो, कुहिरोमा रुमलिएको काग जस्तो अनि शहरी लोफर जस्तो।पद्मकन्या क्याम्पसको गेट अगाडि मात्र के पुगेको थिएँ, एक्कासीमन्जु दिदीसँग भेट भयो। दिदीसँगको भेटलाई हतार हतार जतिसक्दो छोटो बनाएर पूनःूपरीू लाई पछ्याउन दौडँदै पुतलीसडक चोकको चौबाटोमा पुगेँ।तर, म त्यहाँ पुग्दा सम्म उनीहरु कता लागे केही थाहा हुन सकेन। चारैतर्फ नजर घुमाए कतै देखिन्। उनको कोठा टंगालतिर भएको हुँदा पक्कै त्यतै गएको हुनुपर्छ भनेर अगाडी बढेँ तर टंगाल भगवती मन्दिरसम्मै पुग्दा पनि उनीलाई देख्न सकिन्।निराश हुँदै फर्किने निर्णय गरेँ। उनका निर्दोष देखिने ती नयनहरुको एक झलकको आसमा त्यति लामो संघर्ष गरेको भएता पनि त्यो सफल हुन सकेन, निराश प्राय थिएँ।
सिनेमाको निकै नै ठुलो पारखी थिएँ म। त्यसमा पनि बाल्यकाल तराई क्षेत्रमा बितेको हुँदा हिन्दी सिनेमाको अझै बढी प्रभाव परेको हुनुपर्दछ। कुनै बेला आफूलाई प्रभाव परेको सिनेमाको पात्रलाई म पात्र बनाएर त्यसमै डुब्ने गर्थे, हराउने गर्थे। ूसिर्फ तुमू, ूना तुम जानो ना हमू, ूदेवदासू जस्ता हिन्दी सिनेमा हरुको ममा गहिरो प्रभाव थियो। ूसिर्फ तुमूको पात्र दिपक म आफू र आरती चाहिँ ूपरीू जस्तो कल्पना गर्थेँ। फरक यो थियो कि दिपकले आरतीलाई साँचो र चोखो माया गरेका थिए मैले झुठा र बेबुनियाद।चलचित्रकोअन्त्यमा आरतीको दिपकसँग मिलन हुन्छ तर मेरो उनीसँग कहिल्यै मिलन हुन सम्भव थिएन। म ूदेवदासूको देव जस्तै थिएँ जसले आफ्नो चाह अरुका लागि समर्पण गरेको थियो र वियोगान्त अन्त्य रोजेको थियो ।
ूपरीू पनि सिनेमा र गीत सङ्गीत रुचाउने प्रकृती थिईन्।ूनमस्ते(लण्डनू चलचित्रको ।।।।।मै जहाँ रहुँ।।।।।उनलाई निकै मन पर्ने गीत भन्थिन्।तर मलाई चाहिँ त्यही चलचित्रको।।।।।।दिल ए बेकरार।।।।।।।।।।।पनि औधि नै मन पर्थ्यो।संख्यालाई एकिन साथ त म अहिले भन्न सक्दिन तर काठमाडौँका टाईम्स एफ। एम।, कान्तिपुरएफ। एम।, हिट्सएफ। एम।मा गुलाम अलीको ूलोलाएका ती ठूला तिम्रा दुई नजरलेू बोलको गीतलाई ूएस। के।ूको तर्फबाट ूपीूको लगिू भनेर कयौँ पटक फरमाईस गरेर प्रसारण गर्न लागाएको थिएँ। रेडियोको दुनियाँमा पनि कसैले पुरा नाम थाहा पाउला कि भन्ने डर लाग्थ्यो।रेडियो उद्घघोषणको तालिम पश्चातको रेडियो गोदावरीमा ३ महिना जति ३० मिनेटको गलज(गीत कार्यक्रम सन्चालन गर्ने अवसर जुटेको थियो।त्यसमा पनि आफूले लेखेका गजलहरु लाई अरुले नै पठाएको जस्तो गरि देखाउँदै उनी प्रति नै समर्पण गर्दथेँ।यसरी भनौँ कि अब मलाई ूपरीू को लत नै बसिसकेको थियो। महसुस गर्ने लत, आभाष गर्ने लत, भावयुक्त तर रसबिहिन लत जसको वास्तविक दुनियाँसँग कुनै सरोकार र सम्बन्ध नै थिएनन्।
२०६४ सालको अन्त्यतिर हुनुपर्छ एक दिन म काठमाडौँबाट तनहुँको साईटतर्फ फर्कँदै थिए। धादिङ्गको मलेखु नजिकै एउटा भयानक सडक दुर्घटना घटेको रहेछ। ट्रकले निजी मोटरसाईकललाई ठक्कर दिँदा चालक केटा सामान्य घाईते अनि पछाडि सिटमा सवार केटीको मृत्य । त्यो ताजा तर हृदयबिदारक दुर्घटनाबाट म धेरै नै आत्तिएको थिएँ। प्रहरीले चालक केटालाई मृत्यु भएकी केटीको बारेमा साध्दै थियो। केटोले मृत्यु भएकी केटी नाम भने र सम्बन्ध सोध्दा((( रुँदै ूसाथीू भन्ने जवाफ दिए। त्यो सुनेर म झन् भाव विवहल भएको थिएँ। मृतक केटी पक्कै पनि उसको प्रेमिका हुनु पर्दछ भन्नै मेरो अनुमान थियो।प्रहरीले जसोतसो बन्द बाटो खुलाएर यातायात सुचारु गरायो। यात्राको दौरान त्यो घटनालाई आफ्नो आभाषी दुनियाँसँग तुलना गर्न थालेँ। यस्तै गरि मेरो वा उनको कसैको मृत्यु भयो भने त एउटा यथार्थ सदाको लागि दब्नेछ, एउटा सत्य लुक्नेछ अनि एउटा राजपनि सदाका लागि राज नै रहनेछ ।त्यसैले म अब ूपरीू लाई सबै थोक सत्य सत्य भन्नेछु।
त्यसरात म दमौली बजार चोकको शर्मिला होटलमा बास बसेको थिएँ ।यस अघि ूपरीू ले बारम्बार मेरो तस्वीर हेर्न अनुरोध गरेको भएता पनि मैले त्यो उपलब्ध गराएको थिईन। कारण एउटा पारदर्शी सिसा जस्तै छर्लङ्ग थियो,प्रष्ट थियो।त्यस रात दिउँसोको सडक दुर्घटनाको त्यो बिभत्स दृष्य, त्यसले त्यो केटाको जीवनमा निम्त्याउन सक्ने असरहरुको बारेमा सोच्दै थिएँ अनि आफ्नो बारेमा पनि सोच्दै थिएँ।मैले त्यतिखेर ूपरीू सँग याहु मेसेन्जरमा विवेकको सट्टा आफ्नै नामले जोडिने प्रस्ताव गरेको भए के हुन्थ्यो रु नाम जे सुकै सही, आफ्नो बारेमा उनलाई सबथोक सत्य सत्य भन्न सकेको भए के हुन्थ्यो रु म तिम्रो दिदी बस्ने ह्वाईट हाउसको भुई तल्लाको कोठा नं १०३ मा बस्ने बेवकुफहुँ भनेर उनलाई भन्न सकेको भए के हुन्थ्यो रु म तिमीप्रति प्राप्तिभन्दा पनि केवल आभाष र महसुसको हेतुले मात्र जोडिन चाहेको थिएँ भनेर उनलाई प्रष्ट भन्न सकेको भए के हुन्थ्यो रु यी र यस्ता कयौँ अनुत्तरित प्रश्नको जवाफ केवल मेरो पागलपन थियो। यस्तो पागलपन जसको न कुनै ईमान थियो, न कुनै सिमा थियो, न कुनै रंग। त्यो पागलपनको नाउलाई किनारा लगाउन अब मैले सत्यको बाटो रोज्नै पर्थ्यो, चाहे त्यसले ूपरीू लाई जतिसुकै आघात किन नपुर्याओस्।त्यसरात होटलमा राती ूपरीू सँग मोबाईलमा लामै कुरा भयो।उनी अलि सन्चो नभएको र दाइसँग केही दुखी रहेको भाव ब्यक्त गर्दै थिईन्।यति लामो कुराकानी गरेको, भावनाहरुको बिसौनी बनाएको, मनका बहहरु पोखेको, कयौँ पटकमध्य रातसम्म कुराकानीमा बिताएको म कस्तो हुँला भनेर देख्न नपाई मर्छु कि क्या हो भनेर त्यसरात पनि उनले चिन्ता ब्यक्त गरेकी थिईन्। त्यसै रात मैले उनलाई बाचा गरेँ कि छिटै नै म उनलाई मेरो तस्वीरहरु ईमेल मार्फत पठाउने छु। त्यबेला तस्वीर पठाउनको लागि ईंमेल बाहेक अन्य विकल्प थिएन, त्यसको लागि पनि साईबर क्याफेमा जानुपर्थ्यो। त्यस रात मैले नतिजा जे सुकै भएता पनि दृढ संकल्प गरेर भोलि नै उनलाई आफ्ना असली तस्वीरहरु पठाउने निर्णय गरेँ। भोलिपल्ट फेरि साईटको अति आवश्यक कामले पाल्पा पनि पुग्नु पर्ने भयो। त्यसैले, बिहान उठ्ने बित्कै दमौलीको एक साईबर क्याफेबाट उनको ईमेलमा आफ्ना तस्वीरहरु अट्याछ गरेर पठाएँ, लगतै पाल्पा साईटतर्फ पोखरा(स्याङ्जा हुँदै लागे।
ओहो, त्यो दिन १ खै कसरी वर्णन गरु। साईबार क्याफेबाट निस्केपछि कस्तो बेचैनी र छटपटिले सताई रहेको थियो भने कसरी ब्यक्त गरुँ।कम्पनीका सवारी चालकले समेत मेरो छटपटी महसुस गर्दै ूसरलाई के भयो सर रुू भन्दै बारम्बार प्रश्न गरिरहेका थिए।म अझै पनि चाहन्थे ूपरीू ले मेरो त्यो तस्वीरलाई म भनेर नचिनोस्। किर्तिपुर वा आसपास मलाई कतै देखेकी भए पनि भुलेकी होस्, म वास्तवमा को हुँ भनेर मलाई एकिन गर्न नसकोस् ता कि फेरि पनि म ूपरीू सँग पहिलेको जस्तै गरी हाँस्दै(रमाउँदै कुरा गर्न सकुँ। बस् १ मैले गल्ती गरे आफ्ना तस्वीरहरु पठाएर। वास्तवमै, ती तस्वीर मार्फत उनले मलाई को हँस भनेर चिनिन भने उनी टुट्ने छिन्, उनी बिक्षिप्त हुने छिन्, उनको विश्वास तोडिने छ, उनको पाउ मुनिको जमिन पाताल हुने छ। तर, अब गरौँ त के गरौँ, नगरौँ त के नगरौँ रु जे हुनु थियो, त्यो त भई सक्यो। म बाट जान अन्जानमा जस्तोसुकै पाप वा पुण्य जे भयो त्यसको फैसला गर्नेले यो सत्यलाई जसरी किनारा लगाउलन, त्यसैलाई कबोल गरौला, सहुँला, बुझुँला। यसरी नै आफ्नो मनलाई सम्झाउँदा सम्झाउँदै स्याङ्जा हुँदै साँझ तानसेन, पाल्पाको होटलमा बास बस्न पुगियो । त्यसदिन दिनभर सडक यात्रमा ूपरीू नामबाट मोबाईलमा घण्टी बजेको थिएन्। खै थाहा छैन किन।कतै ईमेलमा विवेकको तस्वीर कुरेर बसेकी उनीले मेरो तस्वीर देखेर ढलेकी त छैनन रु धोका र चोटले पिरोँलिँदै रोएकी त छैनन् रु ह्या।।।।।।जे सुकै होस्।।।।।। अनेक तर्कना मनमा खेलाउँदै तानसेन बजारको पिसिओ बाट उनको फोनमा घण्टी बजाएँ, सायद हिजै जानकारी गराए अनुरुपपाल्पा पुगेको प्रमाण पनि हुन्छ भनेर देखाउन सोचेँ हुँला । ३, ४ पटक सम्म कल गर्दा समेत उनको फोन उठेन, यस्तो प्राय हुन्थेन, त्यो दिन किन भयो होला भन्ने अड्कल काट्न सहज थियो। निराश हुँदै तानसेन बजारको एकसाईबर क्याफेमा गएर लगईन गरेँ।मेलै अट्याज गरेर पठाएको तस्वीरहरु उपर उनको जवाफी ईमेल आएको रहेछ।बेचैनीसाथ ई(मेल पढेँ ।ईमेलको सार करिब करिब यस्तो थियोः
ूके तिमी वास्तविक रुपमा ूशंकर शर्माू को नामले चिनिन्छौँ रु म आफूलाई विश्वास नै गर्न सकिरहेकी छैन कि म वास्तवमै कति पागल रहेछु। मेरा साथीहरुले मलाई पहिले नै भनेका हुन कि यस्तो परिचय लुकाउने अजनवीलाई विश्वास नगर भनेर।तर म नै पागल थिएँ।कृपा गरेर अबदेखि मलाई फोन वा मेसेज गर्ने चेष्ठा नगर्नुहोला। गुडबाईू
ओहो १ यो के भयो रु म त सपनामैँ छु वा सपनाबाट बिउँझै जस्तै गरी झल्याँस्स भएँ। सपना नै भई दिए पनि हुन्थ्यो नि बरु, हिजो गरेका सारा गल्ती र पागलपनलाई आज सच्याएर पुनः राम्रो बनाउने थिएँ। शरीरमा शुन्य उर्जा जस्तो, ओँठमुख सुकेको, मुटुको धड्कन उत्कर्षमा पुगेर अहिले नै रोकिन्छ कि जस्तो, कस्तो कस्तो वर्णन गर्न नसकिने खालको अफ्टेरो ।म यो सारा कृयाको कर्ता त यसरी टुटेको छु भने उनमा के बित्यो होला रु के सोच्दै होलिन। मेरो तस्वीरमा थुक्नबाट उनले आफूलाई रोक्न सकिन होला त रु जसलाई उनले आजसम्म एउटा सुन्दर कल्पना बनाईराखेकी थिईन, त्यो सबै जलेर खरानी भएको पल, सबथोक नासिएको पल।त्यस रात तानसेन बजारमा मैले १ पलको लागि पनि परेलीहरु जोड्न नसकेको रात थियो। होटलको कोठामा बस्न उकुसमुकुस भएपछि राती करिब ११ बजे तानसेन बसपार्क मा आएर बसेँ। बिहानको ४ बजेसम्म त्यही बसपार्कमा भौतारिँदै बसेर बिताएँ। छिटफुट रात्री सवारी आउँदा केही बेर चिया पसलमा सामान्य चहलपहल देखिएपनि शून्य प्राय।त्यो रात म आफै हराएको रात, आफ्नो संसार नै खोसिएको रात, खुशी नै हराएको रात, माहुरीको झुण्डमा माहुरीको रानु हराए जस्तो रात, खै कसरी वर्णन गरुँ त्यो कालो रातको । जसोतसो बिहानीपख होटल गएर हातमुख धोएर एकछिन माथिश्रीनगर डाँडातर्फ लागे। यो त्यही ठाँउ हो जहाँ हुँदै ूपरीूको घर तम्घासको बाटो जान्छ। तम्घासबाट आउने जाने जीप र बसहरु देख्दा पनि ूपरीू को निर्जिव आभाष भए झै लाग्ने। उनीसँगको समिपमा नआएको भए त्यो ठाँउ मलाई खासै मन पर्थ्यो वा पर्थेन म भन्न सक्दिन तर उनीसँगको सामिप्यताको कारणले नै मलाई ती सबै ठाँउ मन परेको कुरा चाहिँ म एकिनका साथ भन्न सक्छु।त्यो दिन म मणी बिनाको नाग जस्तै बिक्षिप्त भएर टुटेको महसुस गर्दै थिएँ। ूजे जति भयो, ती सबैको लागि मलाई माफ गरिदेउ लू भनेर जवाफी ईमेल लेख्ने आँट पनि थिएन। बिक्षिप्त मन लिएरसाईटको काममा जाने बिलकुलै ईच्छा थिएन् मलाई।आफूलाई सन्चो नभएकोले, घर जान्छु भनेर गुरुजीलाई गाडी लिएर साईट जान अनुरोध गर्दै, फोन अफ गरेर त्यसै दिन म बस चढेर मोरङ्ग घर तर्फ लागे।घरमा पनि कसैलाई यसबारे केही नभनेको हुँदा केही बोल्न सक्ने कुरा नै भएन। अरुले जे(जस्तो देखे पनि मलिन अनुहार देखेपछि आमाले ममा केही ठिक नभएको अड्कल काटिसक्नु भएको थियो।तर के गर्नु, आमासँग पनि केही ब्यक्त गर्न सक्ने अवस्थामा म थिईँन। केही दुख समस्या पर्दा म सँधै आमाको काखमा टाउको राखेर आँखा चिम्लेर पल्टिने गर्थेँ।त्यो दिन पनि साँझपख आमाको काखमा एकछिन टाउको बिसाएर पल्टिए।बालापन मलाई याद छैन, तर वयस्क हुँदै आएपछि पछिल्लो पटक आँसु नै झारेर म कहिले रोएँ मलाई याद छैन्।कसैले देख्ने गरी म सायदै कहिल्यै रोएँ हुँला। आफ्नो आँखाबाट आँसु हम्मेसी नझर्दा, कतिपय मामलामा म कठोर मन भएकै हुँ भनेर बुझ्छु आफूलाई। तर त्यो रात घरको माथिल्लो कोठामा म एक्लै थिएँ।।।।।।।।।।।।बिस्तारामा बिगतका आभाष सम्झँदै, पागलपन सम्झँदै, उनीसँगको सामिप्यता सम्झँदै रोएँ।।।।।धेरैबेर सम्म रोएँ।।।।।।।।।।।आँसुले सिरानी भिजुनजेलसम्म रोएँ।एक मनले सोचेँ जति रुन्छु आजै रुन्छु, जीवन भोगाईको यो पाटोलाई आज यहीँ बिश्राम दिन्छु। भोलिको नयाँ घामले नयाँ दिनको सुरुआत र नयाँ आशाहरु लिएर आउनेछ, अनि भोलीबाटै जीवनको नयाँ अध्याय सुरु गर्नेछु।।।।।अनि बस् मात्र आज दिल खोलेर रुने छु। त्यो रात मोबाईलमा रातभर एउटै गीत बज्दै थियो।।।।ू कहिँ तो मिलेँगी।।।।मोहब्बतकी मंजिल।।।।ये दिलका मुसाफिर।।।।चला जा रहा हैँ।ू म त्यही गीतको भावमा बग्दैँ(रुँदै खै कहाँसम्म पुग्दै थिएँ। त्यो दोस्रो रात पनि आँखाका परेलीहरुले जोडिने नाम लिएका थिएनन्।गीतले कहिले मन बुझाउन हौसला दिँदै थियो भने कहिले उडाएर त्यही पलहरुमा लैजान्थ्यो।त्यही गीतसँगै भावहरु बग्दै गईरहेका थिए।हजारौँ पटक सुनेँ होला त्यो गीत। त्यही गीतले आफ्ना सारा जीवन भोगाई र आभाष वा प्रेम के भनौँ ती सबैको सम्पूर्ण दर्शन बोकेर कसैले मेरै लागि गाईदिएको जस्तो। मरे भने पनि, अन्तिम संस्कारमा त्यही त्यही गीत बजाउँदै लगिदिए हुन्थ्यो जस्तो भान हुने। भान जे(जस्तो भए पनि भगवानले सायद मानिसका सत्कर्म पूरा गरिदिने आकांक्षा राखेका हुन्छन्, तर मानिसका लालचाहरू सायद उहाँका ईच्छाभित्र पर्दैनन्।म पनि त्यहीँ कतै, कुनै लालसाको भुमरीमा फसेर दिशाविहीन भइसकेको थिएँ।नयाँ सुरुवात गर्ने उर्जा शरीरले अस्वीकार गर्न थालेको थियो।जिन्दगीको गन्तव्य नै बिर्सिएजस्तो लाग्न थालेको थियो। कुनै अमूल्य चीज, जुन मेरो आत्माको अभिन्न अंश हुनुपर्ने थियो, त्यो कतै पछाडि छुटेको अनुभूति भइरहेको थियो।
भाग(३स् ूपरीू बिनाको म
किशोरावस्था सपनाहरू देख्ने समय थिए, युवावस्था ती सपनाहरू पछ्याउने समय थिएर आँउदा दिनहरु तिनीहरूलाई साकार पार्ने समय थिए। घरमा आमा(बुवा, दिदीहरुको चाहना पनि म छिट्टै राम्रो नोकरीमा लागेर घरजम होस् भन्ने नै थियो। सपना देख्ने किशोरावस्थामा मैले सपनाहरु त धेरै ने देखे तर ती सपनाहरुलाई पछ्याउनुपर्ने युवावस्थाको सुरूआतमैं उनीको साथ बिना बिलकुल एक्लो थिएँ।कुनै पनि काममा जाँगर नचल्ने, केही कुरामा पनि रुचि नभए जस्तो, आफ्नो लागि संसार नै विरानो भए जस्तो, खै कस्तो कस्तो त्यो एक्लोपनको म वर्णन गर्न सक्दिन्। मेरो कारण जुन आघात उनमा पुग्न गयो, त्यसले झन् उनको अवस्था कस्तो बनायो होला, सम्झँदै खिन्न लाग्ने। जे(जस्तो भयो त्यो किशोरावस्थाको पागलपनमा भयो। उनीले पनि त्यो कुरालाई यसरी नै बुझिदिए हुने थियो भनेर आफ्नो मनलाई सम्झाउँथेँ। तर यो मन हो, सधैँ कहाँ काबुमा रहन्यो र १ मनलाई बुझाउन कहाँ सजिलो छ ररुमेरो मन मिल्ने साथीहरु एकदमै थोरै थिएँ। तर, जे जति भए पनि मैले यो कुरा कुनै साथीलाई पनि भन्नसक्थिँन, सुनाउन सक्थिँन।त्यसदिन मैले सायद कुनै साथीलाई सबै कुराहरु सुनाउन सकेको भए आफूलाई धेरै नै सहज भएको महसुस पनि गर्न सक्थेँ होला।तर मेरो स्वभाव अन्तरमुखी छ, जसले मलाई कुनै पनि खुशी वा पिडालाई आफैंमा सिमित राख्न प्रशस्त शक्ति प्रदान गर्दछ। त्यसैले, म भित्रको ूपरीू अनि परीभित्रको ूमू दुवै म मा नै निहित थिए।
भन्छन् समयसँग हरेक किसमको चोटको उपचार छ, मल्हम छ।एउटै घटनाको असर सँधै ताजा रहनु प्राकृतिक नियम कदापी होईन्।दिन बित्दै गएपछि, काममा फर्किने निँधो गरे।घर फर्केको करिब २ साता पश्चात पूनः पाल्पाको साईट लागेँ।मलिन अनुहार देखेर सबैले के भयो रु सन्चो छैन कि कसो रु जस्ता प्रश्नहरु तेर्स्याईरहन्थे। एकदिन साथी सुनितले पाल्पाबाट मात्र ७५ किलोमिटर रहेकोले तम्घास घुमेर आउने प्रस्ताव राखेँ। झसंग भए, जनु ठाँउले ूपरीूलाई जन्मायो, हुर्कायो अनि उनको शरीरमा उर्जा दिलायो, योग्य बनायो, सुन्दर र सक्षम बनायो, त्यो ठाँउ एक पटक पुग्नु नै पर्छ।ूपरीूले भनेका तम्घास, रुरुक्षेत्र, रेसुङ्गा, सिमलटारी जस्ता ठाँउका शब्दहरु मेरो मानसपटलको स्थायी स्मरणमा बसेका थिए।साथीको प्रस्तावलाई एक झट्कामा स्वीकार्दै मोटरसाईकल लिएर साथी सुनित र म पाल्पाबाट तम्घास लाग्यौँ। साँझ पुगेकोले बजारलाई एक फन्को मारेर बसपार्क नजिकैको एउटा होटलमा बास बस्यौँ।पाल्पाभन्दा पनि चिसो ठाँउ, चिसो पानी, अनि चिसो बतास।ूपरीू जत्तिको छोरीलाई जन्माउन प्रकृतिले कम्तीमा त्यतिको संयोजन गर्नै पर्ने न्यूनतम शर्त जस्तै लाग्ने रमणीय सानो बजार। पश्चिमेली हरुको मिठो बोली, शब्दको पछाडि ूजोू र ूहन्तू थप्दा अझै सुसज्जित र मिठास भरिएको सुनिने।दिनभरको थकानले साथी सुनित त छिनमै निदाइहाले।तर म चाहिँ, निद्रासम्म पुग्न मानौं कुनै ठूलो युद्ध जित्नुपर्ने योद्धा जस्तै थिएँ त्यही बेला।त्यो बेला लाग्थ्यो —यदि रातको समयमा मोतीका दाना र प्रकृतिका ताजगीले भरिएका अंकुरहरू सँगाल्न सकिन्थ्यो भने,सपनाको सबैभन्दा ठूलो व्यापारी म नै भइसक्थेँ होला।रातको शान्ति र अन्धकारमा लुकेको रहस्यलाई मैले समेट्न सक्थेँ होला, अनि पूर्ण हुन नसकेका मेरा अपुरा सपनाहरूलाई पनि सजाउन सक्थेँ होला। अन्धकारको बिचमा चन्द्रमाको मन्द उज्यालो जस्तै, हरेक सपना पनि छोटो पलका लागि मात्रै सही देखिन्छन्, त्यसपछि त्यो फुल्ने अनि झर्ने एउटा प्राकृतिक प्रक्रिया हो। मेरो किशोरावस्थाका सपनाहरु पनि झर्ने प्रक्रियामा थिए र म तिनीहरुलाई सँगाल्ने प्रकृयामा। त्यही झर्दो सपनाले डोहोर्याउँदै मलाई आज ूपरीू को जन्म जिल्ला ल्याई पुर्याएको छ।फोनमा संवाद र म्यासेजको आदान(प्रदान रोकिए पनि उनले आभाषी दुनियाँमा स्ययं उनैलाई महसुस गर्न रोक्न सक्थिनन्। म उनको समिपमा हुन्थेँ, उनी अलि लजाउँदै, अलि झुकेका नजर, उही मदहोशी भरिएका नशालु नयन, म उनको आँखामा आँखा जुधाउन कहिल्यै नसक्ने अयोग्य अनि कायर। म उनको काखमा शिर राखेर फेरि अर्को आभाषी दुनियाँमा पुग्थेँ, उनले आफ्ना हातहरु मेरो शिरमा राख्दै निहुरिएर आफ्ना केशले एक(अर्कालाई क्लोज्ड(सर्किटजस्तै बन्द तुत्य बनाउँथिन्। सायद, त्यो नै जीवनको उत्कर्ष जस्तो, उत्सव जस्तो, उमंग जस्तो, स्वर्ग जस्तो।त्यस पल उनले आफूलाई म्यासेज र कल गर्न रोकेपनि यसलाई कहिल्यै रोक्न सकिनन्, किन कि यसमा उनको कुनै काबु थिएन, या भनौँ उनीसँग यो सिप नै थिएन। त्यो तम्घास बसपार्क नजिकैको होटलको रात, आँखाका परेलीहरु हतपत जोडिन मान्दैनन्, रातले कटेर बिहान हुन मान्दैन्। उता मित्र सुनित मस्त निद्रामा घुर्न पनि थालिसकेँ। घडीले बिहानको ३र४ बजाएको हुनुपर्छ। उठेर नुहाएँ, चिसो पानीले, औधि चिसो, शरीरबाट शिर अलग्याएर लैजान्छ झैँ।बिहानसम्म पनि मस्त निद्रामा रहेका मित्रलाई एक्लै छोडेर म निस्किए रुरु(क्षेत्र रेसुङ्गाको दर्शनमा।मोटरसईकलमा २२(२५ मिनेट कच्ची उकालो बाटो चढ्दै गएपछि पुगेँ रेसुङ्गाको आधारमा। छिटफुट मात्र मान्छेहरु, म एक्लै माथि सिँढी चढ्दै, श्रवण कुमारले पानी भरेको भनिएको किम्बदन्ती रहेको कुवा नियाल्दै पुगेँरेसुङ्गा। त्यस बखत त्यहाँ दर्शनार्थीहरु हामी थोरै मात्र थियौँ। यज्ञशालाको चारैतर्फ घुमेर परको सानो मन्दिरमा रहेका एक पूजारी बाबा कहाँ पुगेँ। बाबाले कसैको हात हेरेर भविष्यवाणी गर्दै हुनुहुन्थ्यो। बाबालाई आफ्नो पनि हात देखाएँ।बाबाले मलाई धातुको व्यापरले एकदम राम्रो प्रतिफल दिने, म एकदमै भाग्यमानी, राम्रो प्रगति हासिल गर्ने भविष्यवाणी गर्नु भएको थियो।आयु रेखा छोटो रहेको कुरा पनि बाबाले मसँग लुकाउनुभएन। अरु त ठिकै होला हेरौला तर म के अर्थमा यति भाग्यमानी रहेछु भनेर सोच्न बाध्य बनायो ।जो पछिल्लो कैयन महिनादेखि राम्रोसँग निदाउन सकिरहेको छैन, जसले आफ्नाकामहरु राम्ररी गर्न सकिरहेको छैन, जसको पागलपनको हदले उनलाई कति दुखी तुल्याएको छ, जसले अब कहिल्यै उनलाई देख्न र उनको आवाज सुन्न सक्ने छैन, खै उ कसरी भाग्यमानी रु बुझ्न सकिन।केही मानिसहरु यज्ञशालाभन्दा अझ माथी टेलिकमको टावर रहेको ठाउँसम्म उक्लँदै थिएँ, एउटी दिदी हातमा मोबाईल समात्दै गीत बजाईरहनु भएको थियो, ूमेरो प्यारा सँधैको परदेशी।।।।।सँधैको परदेशी।।।।।।कर्मै दुखी गर्दै छु घरबेसी।।।।फर्किएनौँ परदेश बसेर।।।।।।।।।सुन्ने भए बोलाउँथे पियार।।।।।।।रेसुङ्गाको शिरमा बसेर।।।।।।।।ूगीतले त्यसै त्यो भाव बोकेको रहेनछ भन्ने आभाष पनि गरायो।ती दिदीहरु फर्केपछि टावरको फेदि नजिक बसेरझुरुप्प देखिएको सानो तम्घास बजारतर्फ हेर्दै थिएँ। एकाएक मन भावुक हुँदै जान थाल्यो। फेरि सम्झिएँ उही पुरानो समय, उही पुरानो यथार्थ। त्यो समय टावर नजिक म एक्लै थिए, थाहा छैन किन एक्लै हुँदा मलाई रुने उर्जा समूहमा भन्दा बढेर आँउछ। त्यो समय, त्यही टावर मुनि म त्यहाँ एक्लै रोएको थिएँ, उनलाई सम्झिँदै, उनीसँग बिताएका सारा पलहरु सम्झँदै, विगत सम्झँदै, वर्तमान सम्झँदै, फेरि उनीलाई सम्झँदै, के थाहा भोली फेरि स्नेहपूर्वक सम्पर्क गरिहाल्छिन् कि भन्ने आस सम्झँदैँ, यस्तै यस्तै धेरै कुराहरु सम्झँदै। यसैबिच साथी सुनितको फोन पनि नउठाई हतार हतार तल होटलमा झरेँ।त्यहाँ उनीले अध्ययन गरेको महेन्द्र उच्च मा। वि। को प्राङ्गण र नजिकैको खुला चौरमा दुवै जनाले केही समय बितायौँ।पाल्पा फर्किँदा मोटरसाईकल सुनितले नै चलाएका थिए। पाल्पाको जोर्ते उकालोको घुम्तीमा जीपसँग मोटरसाईकल ठोक्कियो। दुवै जना सामान्य घाईते। उनीसँग चालक अनुमती पत्र नभएका कारण हतार हतार उठेर केही भएछैन जसरी आफ्नो बाटो लागियो। अहिले पनि हामी भेटहुँदा त्यतिखेत ठूलो दुर्घटना टरेको, चालक अनुमती पत्र नभएका कारण भागेको , उनको सुख्खा पानी र सुख्खा छोरीको कहानी सम्झँदै हास्ने गर्छौँ।
यसैबीच म ललितपुर उप(महानगरपालिकाको कार्यालयमा स्थायी नियुक्तिको लागि सिफारिस भई सकेको थिएँ।त्यसै समयमा साथीहरूको समूह मिलेर हामीले घरको नक्सा बनाउने एउटा सानो ईन्जिनियरिङ कन्सलटेन्सी पनि खोल्यौँ।मेरो आमा भन्नुहुन्थ्यो — “एउटा हातले दिएको सहयोग अर्को हातले थाहा नपाओस्।”त्यही सन्देश मनमा राख्दै, प्रसङ्गबस एउटा घटना सम्झनाको हेतुले मात्र जोड्न चाहन्छु।यस्तै प्रेरणाहरुबाट म लायन्स क्लबमा पनि आबद्ध भएको थिएँ।त्यहाँ लागेपछि, आफूले भन्दा कम अवसर पाएका व्यक्तिहरूलाई सकेको सहयोग गर्नुपर्छ भन्ने भावना अझै बलियो बनेको थियो।म आफूले आफैंलाई मूल्यांकन गर्दा आफूलाई सधैं काममा रमाउने र सहयोगमा उदार रहने व्यक्ति ठान्छु।ललितपुर उप( महानगरपालिकाको नक्सा शाखामा कार्यरत रहँदाको एउटा घटना त अझै स्मृतिमा ताजै छ।सम्झँदा अहिले पनि अनायासै हाँसो उठ्छ — त्यो एउटा रमाइलो पल, जो जीवनका अनेकौँ भोगाईका बीच एक मिठास बनेर आज पनि साथ दिइरहेछ।साल २०६८ तिरको कुरा हुनुपर्दछ। आभाष नछुटेपनि ूपरीूसँग सम्पर्क छुटेको ४ बर्षको हाराहारीमा पुगेको थियो होला।सो क्रममा ज्वागलमा एउटा मान्छेको घरको नक्साको डिजाईन गर्दै थिएँ। ३० हजारमा नक्साको डिजाईन बनाउने सम्झौता भएको थियो।नक्सा फाईनल भएपछि उनको श्रीमतीले मसँग १० हजार शुल्क घटाईदिन अनुरोध गर्दै हुनुहन्यो। उनको बारम्बारको अनुरोधलाई स्वीकार्दै मैले १० हजार छुट दिने कुरालाई स्वीकारेँ। नक्सा प्रिन्ट गर्ने बेलामा जग्गावाला महिलाको नाम सोध्दा ूप्रज्ञा सापकोटा ९थर सायद त्यही होला०ू भन्ने जवाफ आयो। कठै म, उनको केवल नाम मात्र पनि ूपरीू को नामसँग मिलेकै भरमा पनि २०६३(६४ मा डोहोरिएर पुग्ने।केही समय पश्चात मैले हजुरको नाम मेरो एउटा पुरानो साथीसँग मिल्दो रहेछ, त्यसैले म हजुरसँग नक्सा बनाएको शुल्क लिदिँन, त्यसलाई लगेर बालुवाटारमा रहेको अनाथ(अपाङ्ग मानव सेवा आश्रममा सहयोग दिएर आँउ भन्ने प्रस्ताव राखेर सँगै बालुवाटार पनि गयौँ। त्यस दिन ती प्रज्ञा दिदीलाई पनि के प्रभाव परेछ थाहा भएन, उहाँले पनि आफ्नो तर्फबाट ५ हजार थपेर सो आश्रमलाई कुल २५ हजार सहयोग गरेर फर्केका थियौँ।
काठमाडौँमा एक्लै कोठाको बसाई, आफू बस्ने घरको तल्लो र माथिल्लो तल्लामा को बस्छन के गर्छन भन्ने पनि मतलब नहुने, चिसो अनि लामा रातहरु, रातरातभर नक्सा बनाएर पैसा कमाउने धन्दाको व्यापारी जस्तो, जीवन बिलकूल निरस प्राय जस्तो लाग्ने।यस बिच मदिराको पनि लत बस्दै गएको थियो। बेहोश हुन्जेसम्म पिएर आफूलाई अलग्यै राखौँ जस्तो लाग्थ्यो।आफू नशामा चढेसँगै उनका नशालु आँखाहरुसँग मानौँ वार्ता हुन्थे झैँ। नशामा छउन्जेल उनी सँगै छिन झै पनि लाग्ने। खासमा मनलाई काबुमा राख्नको लागि पिउँछु झै लाग्थ्यो तर मनलाई काबुमा राख्नै पनि सार्है गार्हो।जति जति उनीसँग छुट्टिएको समय बढ्दै जान्छ, सम्झनाहरु झन् झन् गाढा बन्दै जान्छन्।उनको त्यो हँसिलो मुहार अनि नशालु नयनहरु आँखा वरिपरि घुमिरहन्छन्।कुशल चित्रकार हुन्थेँ भने त्यो मानसपटलमा घुमीरहेका तस्वीरहरुलाई क्यानभासमा सजाईहाल्थेँ।त्यसताका उनी दुरीको हिसाबले नजिक भएर पनि सामिप्यताको हिसाबले टाढा थिईन । अनेकौँ प्रयासका बाबजुद पनि मैले उनको आँखाका आकृतिलाई क्यानभासमा मिल्दोजुल्दो उतार्न सकेको थिईँन्। ह्वाईट हाउसमा रहँदा स्केच आर्टको माध्ययमबाट उनको आकृति उतार्ने प्रयास नगरेको पनि होईन।सयौँ पटक उनको आँखाको आकृति कोर्ने प्रयास गरेकै हो। मैले गरेका प्रयासहरुका बारेमा धेरै हदसम्म त्यहाँ हल्ला चलेको हुँदा, त्यबारे मैले उनीसँग पनि केही भन्न सकिरहेको थिईन्, कोरेका तस्वीरहरु पनि कसैलाई देखाउन सकिरहेको थिईँन, स्वयं आफ्नै रुम पार्टनर राजुलाई पनि।२०६६ साल शिशिर यामकै कुरा हुनुपर्छ उनी दुरी र सामिप्यता दुवै हिसाबले टाढा जाँदै गरेको भए पनि मैले भने अझै प्रगाढ आभाष गरिरहेको थिएँ। यही प्रगाढ आभाषलाई पूनः एक पटक क्यानभासमा उतार्ने प्रयास गर्ने अठोट गरेँ। क्यानभास पेन्टिङ्ग मेरो औधि ठूलो रुचिको विषय थियो जसलाई मैले समयक्रमसँगै अगाडि लैजान सकिँन,त्यसमा मेहनत गर्न र निरन्तरता दिन सकिँन।लियोनार्दो दा भिन्ची, भिन्सेन्ट भान गोक, र पाब्लो पिकासो जस्ता प्रसिद्ध कलाकारहरूले यस्तो क्यानभास चित्रकला सृजना गरेका छन्, जसले दृश्यलाई एउटा अनौठो प्रभाव दिएको छ र चित्रकलालाई एउटा छुटै उँचाईमा पनि पुर्याएको छ।एक्रिलिक रंगहरूको आविष्कारसँगै क्यानभास अझ बढी लचिलो भएको र पारंपरिक तथा आधुनिक कला दुबैमा यसको स्थान बलियो बनाएको छ।तर क्यानभासमा आफ्नो क्षमता नपुगेको स्वीकार्दै, स्केच आर्टकोआफ्नो रूचीलाईकहिलेकाहिँ पेन्सिलको माध्यमले कोरा कागजमा रेखाहरु दौडाउँदै पुरा गर्दथेँ।
त्यस दिन बानेश्वरको कोठामा ३ दिन लगाएर बनाएको उनको आँखाको स्केच आर्ट विशेष बनेको थियो जसलाईमैले पछिसम्म सँगालेर राखेको थिएँ।मलाई त्यो स्केच उनलाई देखाउँदै ूलाउ १ आफैलाई हेरअनि जे(जति हामी बिच भयो ती सबैको लागि कृपया मलाई माफ गर।ू भन्ने ठूलो ईच्छा थियो जुन पुरा हुन सकेन । ललितपुर उप(महानगरमा छँदासम्म म उनीसँग पुनः सम्पर्क स्थापित भई पो हाल्छ कि रु कहिँ कतै कुनै काम लिएर नगरमा आई पो हाल्छिन किभन्नेआसपनिगर्दथेँ।नक्सा बनाउँदा कोही गुल्मी जिल्लाको सेवाग्राही रहेछ भने मात्र पनि म उनीलाई अझै प्रगाढ रुपमा सम्झिन्थेँ।समयक्रमअनुसारआफूमापनिअलिपरिपक्कतारजिम्मेवारीबोधहुँदैआउनथालेकोभानहुँदैथियो।त्यहीपरिपक्कताकोउपजहुनुपर्दछ, हिजोको दिनसम्म केवल आभाष र सपनामा बुझेको सम्बन्धवास्तवमामेरोपहिलोप्रेम थियो भनेर बुझ्न मलाई कठिन भएन। जतिबेला मैले त्यो आभाषलाई मेरो पहिलो प्रेमको रुपमा बुझेँ त्यतिबेलासम्म धेरै ढिलो भईसकेको थियो । तर जे जसो भएपनि उनी मेरो ूपहिलो प्रेमू, मेरो ूपहिलो रोजाईू, मेरो पहिलो ूचाहू, अनि मेरो पहिलो ूमायाू पनि । मानिसहरु पहिलो प्रेम विशेष हुन्छ भन्थेँ तर पहिलो प्रेम धेरै अर्थमा ूखासू थियो, ूविशेषू थियो अनि ूअद्दभुतू पनि थियो बस मेरो पहिलो प्रेम मेरो ूप्राप्तिू थिएन ।
थाहा छैन किन तर मलाई उनको आँखाहरु एकदम विशेष लाग्थे, मानौं गाढा नीलो आकाशमा तारा टल्किरहेका छन्। एक चोटी नजर जुध्यो भने, ती आँखाहरूले गहिरो भावनाहरू बोलिदिन्छन्—शब्दविनै। जति हेर्छु, उति नै डुब्छु त्यो नयनको गहिराइमा। आँखाका कुनामा हल्का मुस्कान झल्किएको जस्तो लाग्थ्यो, जसले हरेक कुरालाई न्यानो स्पर्श दिन्थ्यो। ती आँखाहरूमा एक प्रकारको शान्ति थियो, जसलेविश्वासलाईलाई उर्जा दिन्थ्यो अनि मनलाई सान्तवना।उनीले त्यो अन्तिम जवाफी ईमेल लेखेको ४ बर्षसम्म पनि तिनै आँखाको माध्यमबाट म उनीसँगै थिएँ। यसबिच उनी बाहेक अरु कुनै स्त्रीसँग आँखा जुधाएर हेर्ने दुस्साहस पनि मैले गरेको थिईन। कोही अलि समिपमा आउन खोजेजस्तो लागे मात्र पनि म त उनीमैं समाहित छु, म अरुको हुनै सक्दिन झै लाग्थ्यो।ूउनीबाट भौतिक रुपमा मात्र म अलग छु तर भावनात्मक हिसाबले म हर तरहले उनीमैं समाहित भएको छुू भन्ने लागेर पनि होला सायद म कहिल्यै पनि दोस्रो पटक प्रेममा परिन। सायद प्रेम दोहोर्याएर हुँदा पनि हुँदैन। एक जीवन बाँचिन्छ, पक पटक मरिन्छ अनि सायद प्रेम पनि एक पटक मात्र हुन्छ भन्ने सुनेको सही जस्तो लाग्थ्यो। मेरो भागको प्रेम मैले गरिसकेको थिएँ, बस नतिजा प्राप्तिसम्म पुग्न सकेको थिएन। आफ्नो प्रेमलाई प्रगाढ पार्न म उनको आँखाका तस्वीरहरु कोर्थे, गजलहरु लेख्थे अनि आफू भित्रै हराउँथे। उनको आँखाका स्केचहरु मेरा सबैभन्दा मिल्ने साथी थिए।तर स्केचहरुसँग मात्र जीवन कटाउन सक्ने त्यस्तो महापुरुष वा मर्यादापुरुष को रुपमा मैले आफूलाई राख्न सकिन्।उनका यादहरुको सहारामा मात्र समाहित रहेर साधु जीवन रोज्न पनि सकिन।आफू सरहका साथीसँगीको विवाह भएर घरजम हुन सुरु भै(सकेको थियो।घर(परिवार, आफन्त सबैको अनुरोधमा २०६८ सालमा मेरोपनि मागी विवाह भयो। मेरो जीवनमा ूपरीू कै आगमन हुन नसकेता पनि ूदेवीू रुपी श्रीमतीको आगमन भएको थियो भन्न रुचाउँछु। विवाह अघि जुन एक्लोपन र सन्नटा थियो, विवाहपश्चात मेरी श्रीमतीको आगमनसँगै ती एक्लोपन र सुन्य समयहरु रोमाञ्च र मिठासले भरिन थालेका थिए। विवाहले खुशीहरुलाई दुई गुणा बनाएका थिए भने जिम्मेवारीलाई थप गम्भीर। श्रीमतीलाई आमा(बुवाले झनै धेरै माया गर्नुहुन्थ्यो। स(परिवारलाई नै खुशी दिएर स्नेहपूर्वक सबैको हेरचाह गर्नसक्ने एक अद्भभुत खुबी छ मेरी श्रीमतीमा।मेरो जीनवकै एक अनुपम उपहार भएर आएकी थिईन मेरी श्रीमती।अग्नीलाई साक्षी राखेर तन, मन र वचनले स्वीकारेका हौँ हामी दुवैले एक अर्कालाई । मैले आफ्नो हैसियत भन्दा बढी र भाग्यभन्दा माथि पुगेर उनलाई प्राप्त गरेको हुनुपर्छ।जीवनमा दोहोर्याएर प्रेम हुन सक्दैन भन्ने कुरा मलाई गलत लाग्न थालिसकेको थियो। म मेरी श्रीमतीसँग त्यति नै प्रगाढ र स्वच्छ प्रेममा समाहित थिए। मलाई मेरो संसार उनीबाहेक अरु कसैसँग पनि पूर्ण हुन सक्दैन भन्ने लागिसकेको थियो।त्यसकारण, पनि मैले अब ूपरीू का यादहरुलाई भुल्ने कोशिस गर्नुपर्छ भन्ने मलाई लाग्दथ्यो।त्यसो त साबिकमा बनाएका ूपरीूका केही स्केच आर्टका प्रयासहरु मँसग सन्चित नै थिए, जसले मलाई उनलाई भूल्न झनै दिईरहेका थिएनन्। त्यसमा पनि, बानेश्वर छँदा बनाएको एउटा स्केच अरु भन्दा विशेष थियो। विवाह अघि घरको सरसफाईमा धेरै जसो उनको स्केचका प्रयासहरु यताउता भएको भएता पनि त्यो विशेष स्केच जुन मलाई लाग्दथ्यो कि ूयो नै उनका निर्मल नयनहरु हुनू, त्सलाई मैले विवाहपछि सम्म पनि साँचेरै राखेको थिएँ।पुराना पुस्तकहरुको सङ्ग्रहमा खोजेँ पनि अहिले पनि त्यो स्केच कतै सुरक्षित नै रहेको हुनुपर्दछ।
यसबिच ललितपुर उप(महानगरमा ५ बर्ष सेवा गरे पश्चात निजामती सेवाको लागिशहरी विकास मन्त्रालयमा सिफारिस भएँ ।यस दौरान, हामीले हाम्रो कोखबाट जेष्ठ सन्तानको रुपमा ूछोराू स्वरुप एक अनुपम उपहार प्राप्त गरिसकेका थियौँ।समय घर्किँदै गयो।श्रीमतीको प्रेम प्राप्त भएसँगै ूपरीूको यादहरुपनि सायद विस्तारै कता(कता धुमिल हुँदै गई(रहेका थिए।तर जति धुमिल भएता पनि, उनलाई नसम्झेको कुनै दिन हुँदैनथ्यो।उनलाई जति नै सम्झे पनि, जति नै प्रेमको गुनगान गाए पनि मैले उनीभन्दा पहिले नै विवाह गरेँ। सायद विवाह र प्रेम फरक कुराहरु हुन्।इकअबच ध्ष्मिभ ले “त्जभ खभचथ भककभलअभया चयmबलअभ ष्क गलअभचतबष्लतथ।” अर्थात ूप्रेमको सार नै अनिश्चितता हो।ू भनेका छन्।वास्तवमै प्रेमको सौन्दर्य त्यसको अनिश्चिततामा रहेको हुँदो रहेछ। मैले एकोहोरो उनलाई प्रेम गर्नु र उनलाई त्यसको भनक समेत नुहुनु कति रोमाञ्चक छ रु न भेट्नु पर्ने, न बोल्नु पर्ने, न प्राप्तिको आशा, तै पनि एकोहोरो प्रेममा १ आहा, यसैले त प्रेमलाई सुन्दर बनाएको छ ।
२०६० को दशक नेपली सञ्चार क्षेत्रको जगतमा पनि उथलपुथलको दशक थियो। पि। सि। ओ। देखि फेसबुक(ट्टवीटर सम्म।यसै बिच फेसबुकमा साथी नबनेको भएता पनि बेलाबेलामा उनको फेसबुक प्रोफाईल हेर्ने गर्थे। त्यसबाट उनी यतै काठमाडौँतिरै छिन् भन्ने अड्कल काट्न गारो हुन्थेन। यसै बिच उनको पनि विवाह भएको कुरा लुकीचोरी उनको प्रोफाईल हेर्दा देखिन्थ्यो। म जस्तो फलामको पछि यदि लागेकै भए पनि उनले हिरा गुमाउने रहिछन् भन्ने अनुमान लगाउन मलाई सहज थियो। अहिले उनको कोखबाट पनि दुई सुन्दर परीहरुको जन्म भईसकेको छ। अध्यापनरशिक्षण पेशामा आफूलाई उनले अब्बल साबित गरेसँगै अहिले काठमाडौँकै एक प्रतिष्ठित कलेजकी सिनियर लेक्चररको रुपमा उनका नामहरु सुनौलौ अक्षरले लेखिएका छन्।उनी आफ्नो जीवनमा खुशी देखिन्छिन् । उनी सँधै खुशी रहेकै देख्न पाउँ, उनको प्रगति नै देख्न पाउँ भन्ने मेरो अभिलाषा रहेको छ।एक अर्थमा सोच्छु, प्रकृतिमा सबै चिज सन्तुलित नै छन्। महात्मा गांधीले भने जस्तै, प्रकृतिसँग मानिसको सबै आवश्यकताहरु पुरा गर्न पुग्ने सामर्थ्य छ तर लालच पुरा गर्ने स्रोत छैन।बाहिरबाट हेर्दा, त्यो मेरो प्रेम एउटा लालचबाटै जन्मिएको देखिन्छ। मैले उनीलाई भौतिक रुपमा प्राप्त नै गरेको भएता पनि सायद उनको कदर गर्न सक्थिँन। सोचे जसरी उनलाई स(सम्मान प्रेम पस्किन सक्थिँन होला।उनी अहिले जुन स्वर्णिम पलहरु बाँच्दै छिन्, त्यो सायद म दिन सक्थिँन होला। मैले हामी बिचको अतितका ती सारा पलहरुलाई यति माधुर्यपूर्वक र सम्मानजनक ढंगले स्मरण गर्न नै सक्थिन होला, ती स्वर्णिम पलहरुलाई यसरी हृदयमा सजाउनै सक्थिँन होला अनि उनीप्रतिको श्रद्दा र ईज्जत यो उचाईँको पक्कै रहने थिएन होला। भौतिक रुपले जे भए पनि जुन पल, जुन समय, जुन अन्तरंग मैले ूपरीू सँग त्यतिबेला बिताएँ ती मेरा जीवनकालका स्वर्णीम पलहरु हुनबाट उनले मलाई रोक्न सकेकी छैनन्,उनीसँगको साथलाई मिठो स्मृतिको रुपमा संगालेर राख्न, त्यो सामिप्यतालाई प्रेम भन्दा माथि, प्रणय भन्दा माथि अनि आफू भन्दा नि माथि राख्नबाट पनि उनले रोक्न सकेकी छैनन्, ती स्मृतीहरुलाई जीवन भोगाई कै उत्कृष्ट पलहरुको रुपमा कैद गर्न, जीवनलाई उर्जाशिल बनाएर चीरकालसम्म अविस्मरणीय बनाउन राख्नबाट समेत उनले मलाई रोक्न सकेकी छैनन्।मेरा विचार र भावनाहरू अझै पनि ती पवित्र पलहरूमा नाचिरहेका छन्, जसले मलाई यो सँधै यो बुझ्न मद्दत पुर्याउँछ कि कहिलेकाहीँ जीवनमा सबै कुरा ठिक हुन्छ, तर ठीक समयमा।
समयले आज झण्डै दुई दशक पार गरिसकेको छ।दुई दशक अर्थात २० बर्ष निकै लामो समय हुँदो रहेछ। करिब करिब एउटा पुस्ता नै अघि बढे जस्तो।यस बिच मेरी श्रीमती, मेरी जीवन सँगीनी मैले ठूलो सौभाग्यले मात्र पाएको अनुभुति गर्दछु।भगवानको कृपाले मेरा लागि अमुल्य रत्नको रुपमा उनले दुई छोराहरुलाई पनि जन्म दिएकी छिन्। उनले आफन्तजन,घर(परिवार, मेरो र बालबच्चाको राम्रो ख्याल राख्छिन्, अथाह माया गर्छिन। जागिर र घर(गृहस्थी दुवैलाई सन्तुलित ढंगले राखेकी छन्।यसो सोच्छु, १७ बर्ष अघि रेसुङ्गामा बाबाले गर्नु भएको भविष्यवाणी सही नै रहेछ।उनलाई खोट लगाउनु पर्ने वा प्रश्न गर्नुपर्ने कहिँ कतै कुनै पनि कुरा छैनन्।हुन त मानिसले आफ्ना दुई आँखाको तुलना कहिल्यै गर्न हुँदैन भन्छन् तर पनि मबाट कहिलेकाहिँ त्यो दुष्प्रयास भै(रहन्छ। मेरो पहिलो प्रेमको त्यो आभाष, त्यो उमंग, त्यो पर्खाई, त्यो उत्साह, अनि त्यो माधुर्यताको खालीपनलाई ूपरीूबाहेक अरु कसैले पूर्ण गर्न सकेन।यसका निम्ति मैलै मेरी जीवन सँगिनी सँग पनि माफी नै माग्नु पर्छ किन कि ूपरीू सँग भौतिक रुपमा कहिल्यै भेट नभएको भएता पनि प्रेम, आकर्षण, तृष्णा वा पागलपन जे भनौ जुन ूपरीूसँगभयो, त्यो कहिल्यै कसैसँग भएन।बस् कसैसँग पनि भएन। मर्यादापुरुष श्रीराम र भगवान श्री कृष्णको म अनुयायी हुँ।यहि सनातन हिन्दु धर्मले पूनर्जन्ममा पनि विश्वास राख्दछ्। यदि पूनर्जन्म पाउँछु भने म हरेक जुनी मेरी श्रीमतीलाई नै जीवनसाथीको रुपमा पाउन चाहन्छु, उनीसँगै पूर्ण हुन चाहन्छु, अहिलेकै सन्तानलाई आफ्नो रुपमा सबै जुनीमा पाउन चाहन्छु। तर माया तिमीले मलाई एउटा जुनीको लागि मात्र उधारो छोडिदेउ।पाएँ भने, एक जुनी मात्र म मेरो पहिलो प्रेमसँग बिताउन चाहन्छु।यसलाई तिमीले माफीभन्दा माथि उठेर मेरा निम्ति सहनु पर्ने हुनसक्छ।यो वियोगलाई तिमीले पाप वा पुण्य जे उपनाम दिएता पनि म स्वीकार्छु, जे फैसला गरेता पनि सहन्छु।
अनि प्रिय ूपरीू १ यदि तिमी यी शब्दहरुलाई देख्छ्यौँ र महसुस गर्न सक्छ्औँ भने यसै संस्मरणको माध्ययमबाट केही भन्न चाहन्छु।त्यतिबेला कुनै मौका नै मिलेन सहन सक्दिन भन्नलाई, तिमी छुट्नु र म टुट्नु एकै पटक भएको थियो।म पछडि नै रहेँ भनौँ या तिमी अगाडि निस्कियौँ भनौँ जे भने पनि त्यसले दुरी बढायो।मनसँग मन जोडिएकोले होला सायद, दुरीका बावजुद म तिमीसँग प्रेममा नै थिएँ।तिम्रो यादहरु कतै गएकै थिएनन, बस तिमी मात्र गएकी थियौँ।तिमीलाई भुल्ने प्रयास पनि नगरेको होईन तर यो भुल्ने र भुलाउने काम त दिमागको रहेछ, तिम्रो ठाँउ त मनभित्र थियो, जताजता सासले शरिरलाई डोहोर्याउँछ उतैउतै जान्थ्यो तिमी, ूमनूसँगै यात्रा गरिरहेकी हुन्थ्यौँ।म तिमीसँग प्रेममा थिएँ, बस यही कुरा सम्झेर ल्याउँदा मात्र पनि मन हर्षित हुन्छ। मनभरि माया भए पनि, तिमीलाई आफ्नो भन्ने अधिकार सामाजिक रुपमा मसँग थिएन।मैले हाम्रो सम्बन्धलाई त्यतिबेलै राम्रो बनाउन सक्नुपर्थ्यो, तर सकिन, दोस्रो मौका त सायद कहानीले मात्र दिन्छ होला जीन्दगीले दिएन्।एक क्षण त यस्तो पागलपन पनि सवार भयो कि तिम्रा ती सबै यादहरुलाई बागमतीमा सेलाएर जीन्दगीको नयाँ अध्याय सुरु गरौँ।तर १ अफसोच, यादहरु बगेर जानुको सट्टा सपनाकै डोली चढ्न तल्लिन भएर आए।तिमी गएसँगै मेरो त सबथोक गयो, मनभित्रको आलोक पनि गयो।आवाज बिनाको रुवाईको पिडा मैले लामो समयसम्म एक्लै भोगेको थिएँ, तिमीले पनि भौग्यौँ होला।मैले त तिमीलाई देखेर प्रेममा परेँ, तर कठै तिमी त यस्तो व्यक्तिसँग मनका बहहरु साट्दै थियौँ, जसलाई तिमीले कहिल्यै देखेनौँ।यो पाटो तिम्रा लागि कति दुखद रह्यो होला म त्यसको अनुमान पनि लगाउन सक्दिन्।हिजो आज कहिलेकाहिँ तिम्रो फेसबुकको फोटो हेर्छु।तिमी पनि चालिसेको यात्रामा भएर होला अलि परिपक्क र पाको देख्दै छु। रुपमा मात्र निहित प्रेम भएको भए त यौवन ढल्किएसँगै ढल्किन्थ्यो होला तर मनले गरेको प्रेम सास रहुन्जेल घट्दैन भनेको सत्य रहेछ।आज पनि म तिमीलाई त्यति नै सुन्दर र मोहक देख्छु। आज पनि तिम्रा आँखाहरुमा त्यही रहस्यहरु छन् जुन सुरुको भेटमा देखेको थिएँ।आजभन्दा झण्डै १८ बर्ष अघि तिमीले एउटा ईमेल लेखेर तिम्रो जीवनमा मेरा लागि कहिँ कतै कुनै पनि ठाँउ नभएको र नआउने आग्रहलाई मैले स(सम्मान स्वीकारेर बसेकै हुँ। त्यस दौरान जे(जति झुठा सपनाहरु बाँडे, आज त्यो भन्दा बढी ईमानदारिताकासाथ यी शब्दहरु फिँजाएको छु।यी शब्दहरु एक भन्दा एक सबै सत्य हुन भनेर मैले कसम नै खाए भने पनि तिमीले सायद विश्वास गर्दिनौँ होला, किन कि यस अघि भोगेको धोकाले तिमीलाई झस्काएको होला। यो कलियुग हो, यहाँ कसम खानेले भन्दा जाँड(रक्सी खानेहरुले बरू बढी सत्य बोल्छन।सुन्नेलाई सहज लाग्न सक्छ तर भोग्नेलाई थाहा हुन्छ कि पिडा सहन र सब थोक बिर्सेर निदाउन कति मुश्किल हुन्छ भनेर।तिमीसँग अलग्यिपश्चात म थोरै रातहरु मात्र चैनले निदाएको हुँला।त्यतिबेला तिमीलाई भन्न बाँकी कुराहरु पनि धेरै थिए। तर वास्तविकता अगाडि आएसँगै तिम्रो हृदयमा मेरा लागि ठाँउ नहुनु र म निशब्द हुने एकसाथ हुन पुग्यो। रजनिश ओशोका केही दर्शनहरुले मलाई निकै प्रभावित पारेका छन्।उनका अनुसार, प्रेम भनेको नियन्त्रण र बन्धनको परिणाम होइन। प्रेम स्वतन्त्रता र व्यक्तिगत स्वायत्तताको सम्मान गर्दै फूल्ने एक सुन्दर फूल हो । जब दुई व्यक्ति एकअर्कामा स्वतन्त्र र ईमान्दार हुन्छन्, तब मात्र प्रेम प्राकृतिक रूपमा उत्पन्न हुन्छ। त्यसै गरि विवाह सामान्यतया एक सामाजिक सम्झौता हो, जसमा माया र भावनात्मक सम्बन्धको वास्तविकता कहिलेकाहीँ हराइरहेको पनि हुन सक्छ। विवाहले प्रेमको वास्तविक अनुभवलाई दबाएको पनि हुन सक्छ।तर मली लाग्छ हामी दुवै जनाको जीवन प्रेम र विवाह एकै हुन्। विवाहले नै हाम्रो प्रेमलाई पूर्ण गरेको छ।मैले तिम्रो अन्तिम विश्चासको हत्या नै गरेको थिएँ।तसर्थ, म तिम्रो नजरमा सदा कसुरदार नै हुँ।यही नै मेरो एकोहोरो प्रेमको छुट्न नसकेका यादहरु हुन।माया गरेको मान्छेलाई पाउनु मात्र प्रेम कदापि होईन।जसलाई कहिल्यै पाउँदिन भनेर थाहा हुँदाहँदै पनि निस्वार्थ प्रेम गरिन्छ, त्यो नै साँचो अर्थमा ूमायाू हो भनिन्छ। मैले साँचो अर्थमा तिमीलाई माया गर्न सकेँ वा सकिँन थाहा भएन तर अहिलेको अवस्थमा म अरु नै कसैको सिउँदोको श्रृंगार हुँ भने तिमी पनि अरु कसैको ईज्जत हौँ। हामी दुवै सामाजिक बन्धनमा पनि बाँधिएका छौँ।तिमी पनि दुई छोरीको आमा र कसैकी नासो हौँ।भगवानसँग प्रार्थना गर्दछु , ूउसको सँधै ख्याल राखिदिनुहोस् प्रभु, जो मेरो भाग्यमा नभए पनि मनमा सदा छिन्।उनको जीवन सदा सुखमय रहोस्, सफल रहोस, सुमधुर रहोस ।ू म यतिबेला सात समुन्द्र पारिको देशमा भविष्यको सुनौलो कल्पना सहित आफ्नो श्रीमती र छोराहरु सँग सपनाको व्यापार गरिरहेको छु।तिमी पनि पूनर्जन्ममा विश्वास राख्थ्यौँ। यदि पूनर्जन्म भएमा, एक जुनी तिमीसँग आफ्नै देशमा जिउन पाउँ। बस एक जुनी मेरो लागि उधारो राखिदेउ।त्यो जुनी हर तरहले तिमीले सोचे बमोजिम हुनेछ। तिम्रा ती सुन्दर नयनहरुका लागि म गाजल तयार पारिदिने छु।लाली(गुराँसको रंग चोरी तिम्रा ओठभरि सजाईदिने छु। बजारबाट तिमीलाई सुहाउने रातो हल्का लाम्चो खाले टिका र बिन्दी ल्याईदिने छु।दुई आँखी भौँ को बिचमा त्यही रातो टिका लाएर आँखामा गाजल लगाउँदै तिमी मलाई अलि कर्के नजरले हेर्नु, म युगौँसम्म तिमीलाई त्यसरी नै देख्न पाउँ, त्यसरी नै सम्झिरहन पाउँ भनि भनि प्रार्थना गर्नेछु। यो जुनीमा तिमीलाई भन्न नपाएका, नसकेका र नचाहेका धेरै कुराहरु छन्।त्यो जुनीमा तिम्रो काखमा आफ्नो शिर राख्दै, तिम्रा अंगालोमा आफूल्ई समाहित गर्दै सबै सुनाउने छु।तिमीले एउटा ईमेल लेखेर छेकेका बाटोहरुलाई मैले कहिल्यै दोहोर्याएर पछ्याउने कोशिश गरिँन । सोचेँ, तिमी दुखी हुन्छ्यौँ होला।त्यो ईमेल प्राप्त मितीदेखि आजसम्म आईपुग्दा मैले समयहरुलाई कसरी बिताएँ सबै सुनाउनु छ। तिमीले कस्तो महसुस गर्यौ, कसरी तिम्रा समय व्यतित भए, त्यो पनि सुन्नु छ। बस एक जुनी उधारो मागे तिमिसँग। कसले के पाउने के गुमाउने, त्यसको हर(हिसाब मिलेर गरौँला।बस् यही एउटा ईच्छा भनौँ या अनुरोध तिमीसँग छ।