प्रसाद
उसले हाँसेर लेख्यो
उसले हाँस्नलाई लेख्यो
तर एक पल्ट हाँसेर लेखेको लेख पढि
उ दोश्रो पल्ट हाँसेन।
भनिन्छ वेद भगवानको प्रसाद हो
अब थोरै बुझौँ
वेद के हो त ?
वेद पद्य साहित्य हो जुन पढ्नलाई गद्य साहित्य जस्तो
विभन्न छन्द छुट्याइएको छ
सारमा संगीतको कला दिइएको छ ।
पद्य साहित्यमा गद्य साहित्यको अनुराग
भएको वेद ग्रन्थ
आँफैमा एक साहित्यको उत्कृष्ट सृजना हो।
वेदमा उल्लेखित सम्पुर्ण छन्दमा
सायद नै कुनै साहित्य लेखिएहोला
र वेदमा उल्लेखीत छन्द
आँफैमा पनि साहित्यको खोज अनुसन्धानका विषय हुन ।
वेदमा उल्लेखीत छन्दको पालना गर्दै
सार र उचित छन्द अनुसार वेद पढ्न सक्ने व्यक्तिलाई
दुर्लभ घोषणा गर्नुपर्छ भन्ने उसको सिद्धान्त हो
जहाँ हरेक सुक्त विभन्न छन्दमा रहेका छन
यो संस्कृत बाङमयको चुनौतीको विषय हो ।
उसले पनि वेदलाई भगवानको प्रसादको रूपमा लियो
अनि चढायो
विँडि
किनकि उ सँग चुरोट सकिएको थियो।
उसले चढाएपछि
चढाएको विँडि पुन: खायो
वेदको प्रसादको रूपमा
किनकि धर्मले नै प्रसाद लाई पवित्र भनेको छ
अनि छाडिदियो धूम्रपान गर्ने बानी।
उ खुसी छ
किनकि छाड्न नसक्नेको लागि पनि
चढाएर प्रसादको रूपमा सेवन गर्न
उसले एक अथक प्रयास गर्यो
अनि बोल्यो
उ भित्रको ईश्वर
“शरीरका नशाले रक्त सञ्चार गरे जस्तै
मानसिक नशाले स्वतन्त्रता सञ्चार गर्दछन।”
उसले छन्दमा नयाँ नशा पायो ।


















