गजल
प्रकाशित मिति: बुधबार, आश्विन २८, २०७७ | १९:४२:५८
चित्रमान तामाङ
संखुवासभा
अरुलाई दुःख दिएर आफ्नो वीरता नठान्नु,
दानवीय गुण बोलीमै छ मानवता नठान्नु ।
मानवीय रुपको बेइज्जत गरेर कुर्लिन्छौ,
अशुद्ध मनले धर्म पुजेर सभ्यता नठान्नु ।
मुटु बिना पत्थर, पत्थर नै हो, मानव हुन्न,
विश्वासमा लेउ लागेपछि प्रसन्नता नठान्नु ।
मानवीय दर्जामा आउ, मान्छे मान्छे बन्नुपर्छ,
झरिसकेको व्यवहारलाई क्षमता नठान्नु ।
जिव जन्तु पनि महान रैछ माया ममता देखिन्छ,
कुकुर पनि भुक्छ, भुकेपछि हिन्नता नठान्नु ।
प्रकाशित मिति : बुधबार, आश्विन २८, २०७७ |
१९:४२:५८
7063


























