तनहुँ १ मा सात हजार मतले स्वर्णिम वाग्ले अगाडि
प्रकाशित मिति: सोमबार, बैशाख ११, २०८० | १७:१३:२३
काठमाडौँ । तनहुँ १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता थप बढाएका छन् । वाग्लेले १७ हजार ९०२ मत पाएका छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले पाँच हजार ८६६ पाएका छन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै उपनिर्वाचन भएको हो ।
प्रकाशित मिति : सोमबार, बैशाख ११, २०८० |
१७:१३:२३
2817