ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाइँदै
प्रकाशित मिति: मंगलबार, बैशाख १२, २०८० | १९:३१:०६
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको छ । मंगलबार मन्त्रालयमा नै एक कार्यक्रमको आयोजना गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरणको अवधि बढाउन लागिएको जानकारी दिए ।
५ / ५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्दा सर्वसाधारण सेवाग्राहीहरूलाई झन्झट भएको भन्दै मन्त्रालयले १० वर्षमा एक पटक नवीकरण गरे हुनेगरी तयारी थालेको मन्त्री ज्वालाको भनाइ छ । हाल सवारी लाइसेन्स नवीकरणको अवधि ५ वर्षको रहेको छ ।
नवीकरणको समयावधि बढाएर राहदानी पासपोर्ट कै अवधि बराबर लाइसेन्सको नवीकरण अवधि पनि १० वर्ष पु¥याउन लागेको हो । योसँगै सेवाग्राही सर्वसाधारणलाई थप सुविधा पुग्ने मन्त्री ज्वालाको भनाइ छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख १२, २०८० |
१९:३१:०६
2377