दमकमा तनाव, प्रहरीले चलायो गोली
प्रकाशित मिति: मंगलबार, बैशाख २६, २०८० | २२:४४:२३
काठमाण्डौं । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै निकालिएको राँके जुलुसमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
मंगलबार साँझ पहिचान पक्षधरले मसाल जुलुस प्रर्दशन गर्दा आन्दोलनकारी र प्रहरीको झडप भएको थियो । झडपमा प्रहरीले गोली चलाएको हो । गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार लाइफ लाइन अस्पतालमा भइरहेको छ ।
प्रहरीअनुसार प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, बैशाख २६, २०८० |
२२:४४:२३
2333