भारत भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रम र दलका नेतासँग परामर्श
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न भारत भ्रमणका विषयमा पूर्व प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरूसँग सुझाव लिइरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा के कस्ता एजेन्डा उठाउने भन्ने विषयमा सुझाव लिइरहेका छन् । सिंहदरबारमा भएको छलफलपछि नेपाल समाजवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले छिमेकीसँग राम्रो वातावरण बनाउन सुझाव दिएको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको भ्रमणको दुई/तीन दिनअघि सुझाव दिनु त औपचारिकतामात्रै हुन्छ । कुटनीतिक तहबाट जस्तो तयारी भएको छ । त्यही हुने हो । हामीले जति सुझाव दिएपनि केही हुँदैन ।’ प्रधानमन्त्रीले ऊर्जासँग सम्बन्धी धेरै प्राथमिकता दिएको बताए । उनले भने, ‘हामी नेपालीको बानी फेरि उत्पात हुन्छ भन्छौं तर, त्यस्तो हुँदैन । यो क्रमशस् हुने कुरा हो । सम्बन्ध चिसिएको । त्यो आइसब्रेकमात्रै भयो भने पनि सुरुआत हुन्छ । बढी अपेक्षा गर्नु हुँदैन ।’
बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, झलनाथ खनालसहित शीर्ष नेताहरू सहभागी छन् । आगामी जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदैछन् ।