मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० | १०:५०:४६
काठमाडौं , १४ साउन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । सडक आज बिहान करिब पौने १० बजेदेखि अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । उक्त स्थानमा अहिले वर्षा भइरहेकोले पहिरो पन्छाउन केही समय लाग्ने बताइएकाे छ ।
प्रकाशित मिति : आइतबार, साउन १४, २०८० |
१०:५०:४६
4533



















