सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा
प्रकाशित मिति: आइतबार, भाद्र १०, २०८० | १७:४८:१३
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको बहस हुने भएको हो । काठमाडौँ जिल्ला अदालतमा जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ दावी गरिएको छ ।
१७ वर्षकी एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।सफाइ पाएको अवस्था वा मुद्दाको टुंगो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा सन्दीप छन् ।
प्रकाशित मिति : आइतबार, भाद्र १०, २०८० |
१७:४८:१३
507