थुनुवा छुटाईदिने भन्दै रकम माग्ने चौधरी आफै परे थुनामा
प्रकाशित मिति: सोमबार, कार्तिक २०, २०८० | ७:५३:३८
चितवन , २० कार्तिक । लागू औषध मुद्दामा पक्राउ परेर थुनामा रहेकालाई छुटाइदिने भन्दै रकम लिने एकजना पक्राउ परेका छन् । लागू औषध खैरोहेरोइन मुद्दाको थुनुवा निरन्जन डंगोललाई छुटाई दिने भन्दै रकम माग्ने रत्ननगर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३२ को अशोक चौधरी आफै थुनामा पुगेका छन् ।
डंगोललाई छुटाउन प्रहरी र अधिवक्तालाई पैसा दिएर मिलाउन पर्ने भन्दै चौधरीले ५ लाख रुपैया लिएको सुचना पाएपछि प्रहरीले चौधरीलाई विहिवार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । चौधरीलाई ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक २०, २०८० |
७:५३:३८
3301