सोफा उत्पादक सङ्घद्वारा भूकम्प पिडितलाई सहयोग
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० | ११:०७:०६
काठमाडौँ । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु एक लाख ४४ हजार सात सय ८० सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि सङ्घले मंगलबार सो सहयोग गरेको सङ्घका अध्यक्ष तारालाल धरेलले जानकारी दिए । कार्यालयमा ‘नेपाली सोफा नै प्रयोग गरौँ’ भन्ने अभियान सङ्घले सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १३, २०८० |
११:०७:०६
3367