खैरहनीको मुसहर वस्तीमा मदिराले लठ्ठ श्रीमानले निर्घात कुटपिट गर्दा श्रीमति घाइते
चितवन , २८ मंसिर । पुर्वीचितवनको खैरहनीमा श्रीमानले निर्घात कुटपिट गर्दा श्रीमति घाइते भएकी छन् । खैरहनी नगरपालिका वडा नम्बर १० स्थित मुसहर वस्तीमा बुधबार बेलुका ३२ वर्षीय गर्भा माझिले आफ्नो श्रीमति २७ वर्षीय राधिका माझीलाई कुटपिट गरेका हुन् ।
सामान्य घरायसी विवादमा गर्भाले राधिकालाई निर्घात कुटपिट गरेको स्थानीयले बताए । कुटपिटबाट घाइते राधिकाको भरतपुर अस्पतालमा उपचार भइरहेको र कुटपिट गर्ने गर्भालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
नियन्त्रणमा लिइएको गर्भा मदिराले लठ्ठ अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाइतेको टाउको र खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ । श्रीमानले ढुङ्गाले आफ्नो टाउकोमा हानेको घाइतेले प्रहरीलाई बताएकी छन् । घटनाको थप अनुसन्धान भइरहेकोले प्रहरीले जनाएको छ ।
फाइल तस्वीर