डा. गोविन्द केसीसहित ७ जना माइतीघरबाट पक्राउ
प्रकाशित मिति: शनिबार, पौष २१, २०८० | १३:३१:२१
काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शन गर्ने क्रममा डा गोविन्द केसी पक्राउ परेका छन् । विभिन्न माग राख्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा केसीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै प्रदर्शन गरिरहेका थिए ।
यस्तै सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउन पनि उनीहरूले माग गरेका छन् ।
प्रकाशित मिति : शनिबार, पौष २१, २०८० |
१३:३१:२१
2619