कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवक मृत फेला
प्रकाशित मिति: बिहिबार, चैत्र १५, २०८० | १७:५६:१९
काठमाडौँ । कर्णाली नदीमा हामफालेका बेपत्ता भएका युवक मृत फेला परेका छन् । सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम्फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए । शाहीको शव आज (बिहीवार) टीकापुरको सन्कट्टी घाटमा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लोकेन्द्र कर्णालीमा डुबेर बेपत्ता भएपछि खोजी तीव्र बनाइएको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोरको टोलीसमेत परिचालन गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०८० |
१७:५६:१९
2399