साहित्यकार प्रकट पगेनीको निधन
प्रकाशित मिति: मंगलबार, बैशाख ०४, २०८१ | १७:३५:४४
काठमाडौँ । साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । पगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ आस्पताल भर्ना गरिएको थियो ।
प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् । उनको बुधबार मध्यान्ह दाहसंस्कार गरिने परिवार निकट स्राेतले जनाएकाे छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०४, २०८१ |
१७:३५:४४
2707