गोरखाको वीरेन्द्र ताल फुट्दा चुमनुव्रीमा भीषण बाढी, सतर्क रहन आग्रह
प्रकाशित मिति: आइतबार, बैशाख ०९, २०८१ | १०:२८:२९
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन गरिएको छ,बाढीले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।
बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रमुख जिल्ला अधिकारी भोला दाहालले आग्रह गरेका छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख ०९, २०८१ |
१०:२८:२९
2839