काठमाडौंको शंखपार्कमा एक युवाको शव भेटियो
प्रकाशित मिति: सोमबार, बैशाख २४, २०८१ | १०:५०:४८
काठमाडौं । काठमाडौंको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् । विहान मर्निङ्गवाक गर्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ३५ वर्षका जस्ता देखिने पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । उनको परिचय खुलेको छैन । स्थानीयवासीका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २४, २०८१ |
१०:५०:४८
1959