पूर्वीचितवनलाई विभेद हुदैन,विकास बजेटमा सरकारले अब प्राथमिकता दिन्छ : प्रधानमन्त्री दाहाल
चितवन , ३१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वीचितवनलाई अब विभेद नहुने बताएका छन् । भरतपुर र पूर्वीचितवनको बिचमा रहेको जंगल वारी र पारीबिच विवेदको हुने गरेको पूर्वीचितवनवासीको धारणमा आफू जानकार रहेको भन्दै छाप अब त्यो धारण हटाउदै जाने उनले बताए । खैरहनी नगरपालिकाको १० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पूर्वीचितवनले राज्यकोतर्फबाट उचित महत्व नपाएको भन्ने विषय उठान भइरहेको भन्दैे यसै बर्षको बजेटमा उक्त विषय सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको भिडियो
उनले खैरहनी र समग्र पूर्वीचितवनको विकास र समृद्धिको लागि संघिय सरकारकोतर्फबाट अधिकतम प्रयास गर्ने बताए । उनले आफ्नको भनाईलाई उधारो नराक्ने भन्दै यसैबर्ष निति कार्यक्रममा सम्बोधन गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । खैरहनी क्षेत्रमा रहेको राप्ती , कयर , ढुग्रे खोलामा तटबन्धनको लागि स्थानिय तहसँग समन्वय गर्ने भन्दै राप्तीको ड्याक पुननिर्माण तथा मर्मतको लागि यसै पटकको बजेटमा सम्बोधन गर्ने बताए । त्यस्तै प्रधानमन्त्री दाहालले पूर्वीचितवनमा हुने गरेका अत्याधिक सवारी दुर्घटना न्यूनिकरणको लागि जिल्ला प्रशासन र प्रहरीलाई निदेर्शन दिएको बताए । उनले त्रिशुली शक्तिखोर डाइभर्सन परियोजना अगाडी बढाउन सरकारले लागेको भन्दै त्यसले पूर्वीचितवनवासी लाभान्वित हुने विश्वास व्यक्त गरे । राष्ट्रिय गौरवको योजना पूर्वीचितवनमा ल्याउन आफूले विशेष पहल गर्ने उनले बताए ।
कार्यक्रममा चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकाल , बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया , प्रदेश सांसद इश्वर सापकोटा, खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनिया , उप प्रमुख कविता उप्रेती लागयतले मन्तव्य राखेका थिए । सो अवसरमा खैरहनीका नगर प्रमुखले प्रधानमन्त्री दाहाल समक्ष १२ बुदे अनुरोधपत्र सहित खैरहनीको विभिन्न समस्याको र आवश्यकताका विषयमा ध्यानाकर्षण गराएका थिए । नगर प्रमुख खनियाले भरतपुर जस्तै विकास खैरहनीमा समेत गर्न आफूहरु लागिरहेको भन्दै संघिय सरकारबाट सहयोगको लागि आग्रह समेत गरे ।