कीर्तिमानी पूर्णिमालाई काठमाडौँमा स्वागत
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ | १७:३७:१८
चितवन , १४ जेठ । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा सञ्चारकर्मी पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ । सोमबार लुक्लाबाट काठमाडौँ आएकी कीर्तिमानी श्रेष्ठलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत तथा बधाईज्ञापन गरिएको हो । पूर्णिमाले यो सिजनमा तीन पटक र सन् २०१८ मा एक पटक गरी चार पटक सगरमाथाको आरोहण गरेकी छिन् । यो याममा उनले मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक र मे २५ शनिबार बिहान तेस्रो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर कीर्तिमान बनाएकी हुन् ।
विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी पूर्णिमाले गत वर्ष पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।
प्रकाशित मिति : सोमबार, जेठ १४, २०८१ |
१७:३७:१८
1497