होटल सांग्रिलाका सञ्चालक श्यामबहादुर पाण्डेको निधन
प्रकाशित मिति: सोमबार, साउन ०७, २०८१ | १४:४७:४८
चितवन, ०७ साउन । लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ । पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए ।
होटल उद्योगका ‘लिजेन्ड’ पाण्डेले ६ दशकभन्दा बढी अवधि सक्रिय हिसाबले काम गरेका थिए । पाण्डेले चार दशकअघि होटल सांग्रिला स्थापना गरेको थिए ।
प्रकाशित मिति : सोमबार, साउन ०७, २०८१ |
१४:४७:४८
1739