पेट्रोलियम पदार्थको मुल्य घट्यो
प्रकाशित मिति: बिहिबार, साउन ३१, २०८१ | २१:२३:२९
चितवन , ३१ साउन । पेट्रोलियम पदार्थको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाउने निर्णय गरेको हो । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ।स्वचालित मूल्य प्रणालि अनुसार भारतबाट घटेर आएकाले नेपालमा पनि घटाउने निर्णय भएको हो ।

प्रकाशित मिति : बिहिबार, साउन ३१, २०८१ |
२१:२३:२९
3235



















