नेपाल आयल निगमले माग्यो ३५ कर्मचारी
प्रकाशित मिति: शुक्रबार, भाद्र २८, २०८१ | १२:००:१९
चितवन, २८ भदौ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ३५जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ । निगमले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी रूपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३५ कर्मचारी माग गरेको हो ।यी सबै पदको लागि सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । म्याद सकिएको दिनदेखि ७ दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिने छ ।
सूचना हेर्नुहाेस् :
प्रकाशित मिति : शुक्रबार, भाद्र २८, २०८१ |
१२:००:१९
1673