सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प
प्रकाशित मिति: बिहिबार, पौष १८, २०८१ | १३:३५:०९
चितवन, १८ पुस । सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले काठमाडौं उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो ।
प्रकाशित मिति : बिहिबार, पौष १८, २०८१ |
१३:३५:०९
529