सल्यानमा दिदीबहिनी घरभित्रै मृत भेटिए
प्रकाशित मिति: बुधबार, पौष २४, २०८१ | १७:१७:१८
चितवन, २४ पौष । सल्यानमा दिदीबहिनी घरभित्र मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालतमा ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना मृत भेटिएका हुन् ।
उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको प्रहरीले जानकारी दियो ।
स्वास्थ्यमा कुनै समस्या नरहेको उनीहरु मृत अवस्थामा फेला परेकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : बुधबार, पौष २४, २०८१ |
१७:१७:१८
485