विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला
प्रकाशित मिति: आइतबार, माघ ०६, २०८१ | १५:०६:२३
चितवन, ०६ माघ । विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीमा चन्द्रनगर गाउँपालिका-२ स्थित गेरूवा खोलाको जमेको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै मकवानपुर, भीमफेदी गाउँपालिका-३ ईचुङ बस्ने ५३ वर्षीया चमेली माया पाख्रिन सोही ठाउँस्थित घट्टेखोलाको भिर तल शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली, मरिण गाउँपालिका-४ बाह्रबिसे बस्ने ५३ वर्षीय डम्बर बहादुर आले सोही ठाउँस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : आइतबार, माघ ०६, २०८१ |
१५:०६:२३
683