कालीमाटीमा तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिए, हत्याको आशंका
प्रकाशित मिति: बुधबार, फाल्गुण ०८, २०८१ | १३:४८:५४
चितवन, ०७ फागुन । कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् । मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति हरेको प्रहरी बताएका छन् । तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।
मृत फेला परेका व्यक्तिको शरीरमा चोट समेत देखिएकाले हत्याको आशंका प्रहरीले गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०८, २०८१ |
१३:४८:५४
3719


















