ओशो सन्यासी बनिन् शिल्पा पोखरेल
प्रकाशित मिति: बुधबार, फाल्गुण ०८, २०८१ | १३:५९:०९
चितवन, ०७ फागुन । अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन् । उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको संन्यास दीक्षा ग्रहण गरेकी हुन् ।
अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत ओशो परिवारमा शिल्पालाई स्वागत गर्दै लेखेकी छन्,’नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसंन्यास दीक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु । अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’
प्रकाशित मिति : बुधबार, फाल्गुण ०८, २०८१ |
१३:५९:०९
661