ढोरपाटनमा हिमपात
प्रकाशित मिति: सोमबार, फाल्गुण १३, २०८१ | १३:५१:१३
चितवन, १२ फाल्गुन । ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात भएको छ ।
लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बाली फस्टाउने आशामा किसान खुसी भएका छन् ।
हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए । हिमपातका कारण जनजीवन कष्टकर भएको छ । गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताए ।
प्रकाशित मिति : सोमबार, फाल्गुण १३, २०८१ |
१३:५१:१३
551