टिभिएसको पर्सा स्वरुममा एक्सचेञ्ज मेनिया,नगद छुटसहित विभिन्न अफर
चितवन, ३० बैशाख । टिभिएस मोटरसाइकलले नयाँ वर्षको उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालनमा ल्याएको छ । पर्साको लागि टिभिएसको आधिकारिक विक्रेता जय भोले बाबा इन्जिनिरिङले आफ्नो ग्राहकहरुको लागि विभिन्न अफरहरु ल्याएको हो । मोटरसाइकल तथा स्कुटर खरिदमा नगद छुट ,एक्सचेञ्ज गर्दा उच्चतम मुल्यांकन , विभिन्न उपहार सहितको योजना ल्याएको टिभिएसको आधिकारिक विक्रेता जय भोले बाबा इन्जिनियरिङका संचालक धनविर चौधरीले बताए ।
एक्सचेञ्ज अफरमा गुडे पनि नगुडे पनि पुरानो बाइक वा स्कुटरको ३० हजार रुपैयाँसम्मको मूल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजना अन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा खरिद गर्ने अवसर, जसमा इएमआइ फ्रिको सुविधा प्राप्त गर्नेछन् ।सञ्चालक चौधरीका अनुसार एक्सचेन्ज मेनिया कार्यक्रम बैशाख २८ गतेदेखि जेठ ५ गतेसम्म चैनपुर चोकमा रहेको टिभिएस सोरुममा सञ्चालन हुनेछ ।अफर अन्तर्गत हेल्मेट, ब्याग, बाइक कभर लगायत एसेसोरिजहरु ग्राहकले निःशुल्क पाउने छन् । साथै, टिभिएस लाइफ टाइम वारेन्टी पनि उपलब्ध गराइनेछ ।