पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध
प्रकाशित मिति: आइतबार, भाद्र १५, २०८२ | ८:५६:४२
चितवन, १५ भाद्र । कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
शुभकालिका गाउँपालिका–१, गगने खोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गएराति करिब ९ बजेर २० मिनेटमा उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगा खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र १५, २०८२ |
८:५६:४२
2685



















