मोरङमा ६० वर्षीया महिला मृत फेला
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२ | १८:१८:३३
चितवन, २० मंसिर । मोरङमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार, जिल्लाको जहदा गाउँपालिका-५ सोहलस्थित पोखरीमा ६० वर्षीया डोम्ना महतो आज मृत अवस्थामा भेटिइन्। उनी सोही गाउँपालिका-४ की निवासी थिइन्।
प्रहरीले घटनाको मृत्युको कारण पत्ता लगाउन र थप अनुसन्धान गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ।
प्रकाशित मिति : शनिबार, मंसिर २०, २०८२ |
१८:१८:३३
1541






















