कांग्रेस विशेष महाधिवेशनका लागि १८ उपसमिति गठन
चितवन, २३ पुष । नेपाली काँग्रेसको विशेष महाधिवेशन आयोजक पक्षले आज पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन तयारीका लागि १८ वटा उपसमिति गठन गरिएको जानकारी दिएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्षका नेताहरुले काठमाडौँमा आयोजित कार्यक्रममा विशेष महाधिवेशन सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशन आगामी बैशाख २८ गतेदेखि गर्ने निर्णय सार्वजनिक गरिसकेको छ। नियमित महाधिवेशन पुष २६ गते गर्ने तय थियो, तर सदस्यता नविकरणको कारणले महाधिवेशन बैशाखमा सारिएको हो।
महामन्त्री गगन थापाले काँग्रेस निकट बुद्धिजीवीहरूसँग विशेष महाधिवेशनबारे छलफल पनि गरेका छन्। यसअघि करिव ५४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए। यद्यपि पार्टीभित्र केही नेता तथा कार्यकर्तामा विशेष महाधिवेशनले पार्टी विभाजन नहोस भन्ने चिन्ता देखिएको छ, आयोजक पक्ष भने यसले पार्टीलाई थप मजबुत बनाउने दावी गर्दै आएको छ।




















