राप्ती २ का विपन्न दलितलाई आरन र मेसिन
प्रकाशित मिति: सोमबार, आषाढ १५, २०७७ | १६:३१:४६
असार १५ गते । वडा भित्र रहेका विपन्न दलित समुदायको उत्थानका निम्ती राप्ती २ को वडा कार्यालयले मेसिन हस्तान्तरण गरेको छ । दलित समुदायको पनि अति विपन्नहरुलाई लक्षित गर्दै उनीहरुको आयआर्जन वृद्धी गर्न लुगा सिलाउने मेसिन र आरन प्रदान गरिएको हो । वडा भित्रका सो समुदायका ३ जनालाई लुगा सिलाउने मेसिन,२ जनालाई आरन लगायत मेसिनरी औजार प्रदान गरिएको वडाध्यक्ष श्याम सुन्दर उप्रेतीले जानकारी दिए । दलित समुदायको आर्थिक स्थिति उकास्नको लागि दलित लक्षित कार्यक्रम अन्र्तगत सो सहयोग गरिएको वडाध्यक्ष उप्रेतीले वताए । मेसिन वितरण कार्यक्रममा वडा सदस्य तिलक बहादुर कार्की , दलित अगुवा एबम नेकपा नेता खिल बहादुर नेपाली , खड्ग बहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : सोमबार, आषाढ १५, २०७७ |
१६:३१:४६
6843



















