पहिलो पटक पाए मह उत्पादक किसानले प्रोत्साहन अनुदान
असार २७ गते । मह उत्पादन गर्ने चितवनका किसानहरुलाई पहिलो पटक प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिईएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई चितवनले किसानहरुलाई अनुदान रकम वितरण गरेको हो । मौरी जोन लागू भएको कालिका नगरपालिकाका १५ जना किसानहरुलाई ४ लाख ३३ हजार १४३ रुपैया अनुदान स्वरुप प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीनाले जानकारी दिए । एक घारमा प्रति वर्ष ४२.३ किलो मह उत्पादन हुन्छ । कालिकामा १ सय ४५ घार मौरी पाल्ने किसान ठट्टा वहादुर वुढाथोकीले सवैभन्दा धेरै ३३ हजार २ सय रुपैया अनुदान पाएका छन् । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ गोपीको प्रमुख आतिथ्यतामा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गरिएको थियो । सो अवसरमा प्रमुख श्रेष्ठले मौरीको व्यवसायिकरण संगै चरण क्षेत्रको व्यवस्थापन गर्नु पर्ने वताए । नगरको सिद्धी मौरी चरणका लागि उपयुक्त क्षेत्र भएकाले यहाँका डाँडाहरुमा बाटो निर्माणको काम भईरहेको प्रमुख श्रेष्ठको भनाई थियो । मौरीपालन व्यवसायलाई लक्षित गर्दै नगरपालिकाले यस वर्ष ३ हजार ३ सय बोट चिउरीको विरुवा रोपिएको उनले वताए । प्रमुख श्रेष्ठले किसानलाई व्यवसायिक नवनाई नगरको विकास नहुने धारणा पनि राखे । परियोजनाका वरिष्ट कृषि अधिकृत तिमल्सीनाले यहाँका किसानहरु उत्पादनमा अघि वढेपनि वृद्धी भने हुन नसकेको औल्याए । त्यसैले पनि वढि उत्पादन गर्नेलाई यस पटक अनुदान रकम वितरण गरिएको उनको भनाई थियो । अनुदान रकमसंगै ति किसानहरुलाई मह राख्ने फुडग्रेटको वाल्टिन १ सय ९९ थान वितरण गरिएको परियोजनाका कृषि अधिकृत इन्द्र ढुंगानाले जानकारी दिए । मौरी जोन संचालक समिति अध्यक्ष धर्मराज लामाको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष विनोद रेग्मी,परियोजनाका कृषि अधिकृत माधव पौडेलले मन्तव्य राखेका थिए ।



















