ढुंगाले लागेर राप्तीमा चेपाङ वालिकाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, साउन ०९, २०७७ | १५:१०:२९
साउन ९ गते । चितवनको राप्ती नगरपालिकामा ढुंगाले लागेर शुक्रवार एक वालिकाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्वर १३ चेउदिङ्गकी १२ वर्षिया सपना प्रजाको पहाडको माथिबाट ढुंगा खसेर लाग्दा शुक्रवार मृत्यु भएको हो । सपना राप्ती १३ की वडा सदस्य सुमित्रा माया प्रजाकी छोरी हुन् । उनी घाँस काट्न जाँदा माथीबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको राप्ती नगरपालिका मेयर प्रभा बरालले जानकारी दिईन् । वडा सदस्य प्रजाकी छोरीको सो घटनामा परि मृत्यु भएकोमा राप्ती नगरपालिकाले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन ०९, २०७७ |
१५:१०:२९
5017



















