मन्त्री लामाको पहलमा १९ सय घरधुरी चेपाङलाई राहत
साउन ३० गते । कोरोना कहरका बीच कष्टकर जिवन विताई रहेका चितवन राप्ती नगरपालिकाका चेपाङ समुदायलाई लक्षित गरि राहत वितरण गरिएको छ । बागमती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पहलमा राप्तीको ४ वटा पहाडी वडा र तल्लो भुभागका चेपाङ तथा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो । राप्तीको पहाडी वडाहरु १०,११,१२ र १३ तथा वडा नम्वर ५ र ७ का केही ठाउँमा १ हजार ९२६ घरधुरलाई राहत वितरण गरिएको थियो । शान्ती गृह नेपालको सहयोगमा राहत वितरण गरिएको केही स्थानमा स्वयम मन्त्री लामा,राप्ती नगरपालिका मेयर प्रभा बराल,उपमेयर इमानसिंह लामानै उपस्थित भएका थिए ।

पहाडी वडामा राहत वितरण गरेर फर्किएका युवा समाजसेवी तथा रहेका शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यले गरिव तथा विपन्न समुदायलाई राहत वितरण हुनु सकारात्मक भएपनि उनीहरुलाई शीप मुलक कार्यक्रम संचालन गर्नु पर्ने आफुले पाएको वताए । भौगोलिक अवस्थाका कारण पहाडी वडाका चेपाङ लगायत अन्य समुदायको अवस्था दयनिय रहेको भन्दै युवा समाजसेवी आचार्यले आयआर्जनका लागि शीपमुलक कार्यक्रम आवश्यक रहेको वताए ।



















