प्रहरीको गोली लागेर एकजनाको मृत्यु , कर्फ्यु आदेश जारी
प्रकाशित मिति: बिहिबार, कार्तिक १४, २०७६ | १२:३९:१५
कपिलवस्तु , १४ कार्तिक।
कपिलवस्तुमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । कृष्णनगरमा प्रहरीको गोली लागि स्थानीय सुरज कुमार पाण्डेको मृत्यु भएको छ ।
लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा गएराति स्थानीय दुई समूहबीच झडप भएको थियो । आजपनि झडपको स्थिति भएपछि स्थानिय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।कर्फ्यूकाबीच पनि प्रदर्शन भएपछि नियन्त्रणमा लिन गोली चलाउँदा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १४, २०७६ |
१२:३९:१५
6513

























