निषेधाज्ञाको समयमा चितवनमा फेरि अर्को मोटरसाइकल चोरी
चितवन , १२ भदौं।
चितवनमा फेरी अर्को मोटरसाइकल चोरी भएको छ । भरतपुर महानगरपलिका वडा नम्बर १० स्थित आन्तरिक राजस्व कार्यालय नजिकबाट प्रदेश नम्बर २ -०३- ००७ प ४७४५ नम्बरको पल्सर २२० मोटरसाइकल चोरी भएको हो ।
आज दिउँसो १ देखी २ बजेकोबिचमा मोटरसाइकल चोरी भएको मोटरसाइकल धनी भरत दराईले बताए । जिल्लामा निषेधाज्ञा भएकोले बिहान बेलुका ५ देखी ८ बजेसम्म अत्यावश्यक सामाग्री खरिद गर्न छुट दिएको र त्यसबाहेको समयमा हिडडुल गर्न समेत प्रशासनले रोक लागाउदै आएको छ । निषेधाज्ञाको समयमा दिनदहाडै मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएपछि चितवनको शान्ति सुरक्षाको धज्जी उडेको छ । मोटरसाइकल चोरी भएको स्थान जिल्ला प्रहरी कार्यालय चितवनको मूल गेटबाट करिब ५ सय मिटर र डिएसपी क्वाटरबाट करिब २ सय मिटरको दुरीमा पर्छ ।केहिदिन अघिमात्रै खैरहनीमा समेत दिनदहाडै प्रहरी बिट नजिकैबाट मोटरसाइकल चोरी भएको थियो ।



















