रत्ननगर महोत्सवमा उत्कृष्ठ केरा किसान पुरस्कृत
माघ ७ गते । रत्ननगर उद्योग वाणिज्य संघले चितवनका उत्कृष्ठ केरा किसानहरुलाई पुरस्कृत गरेको छ । रत्ननगर महोत्सवको अवसर पारेर केरा वगैचा राम्रो वनाएका ५ जना किसानहरुलाई मंगलवार नगदसहित पुरस्कृत गरिएको हो । १५ जना किसानहरुको वगैचा मध्येबाट रत्ननगर ११ मा रहेको हिमानी केरा फर्म प्रथम हुन सफल भयो । रत्ननगर १४ स्थित कालिका मल्टि एग्रो फर्म द्धितिय र दाउन्नेदेवी केरा फर्म तृतिय भएको महोत्सव अन्र्तगत रहेको कृषि समिति संयोजक इश्वरी प्रसाद अर्यालले जानकारी दिए । उनीहरुले क्रमशः नगद ५ हजार,३ हजार र २ हजारका दरले पुरस्कृत गरिएको छ । त्यस्तै कालिका २ मा रहेको चौधरी केरा फर्म र जयविष्णु कृषि फर्मले सान्त्वना स्थान हासिल गरे । उनीहरुले समान १ ,१ हजार पुरस्कार पाए । उनीहरुलाई वागमती प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्री अरुण नेपाल,प्रदेश सभा साँसद कृष्ण प्रसाद खनाल,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले पुरस्कृत गरेका थिए ।
केरा वगैचामा प्रविधिको प्रयोग,बालिको हेरचाह,रोपाईको तरिका,सिंचाई विकास,रोगको प्रकोप,उत्पादन दिने सक्ने क्षमता लगायतलाई आधार मानेर उत्कृष्ठ घोषणा गरिएको थियो । महोत्सव अन्र्तगतनै आयोजित पूर्वी चितवनस्तरीय व्याडमिन्टन प्रतियोगितामा केवल न्यौपाने र किरण लामाको जोडी प्रथम भएको छ । केदार न्यौपाने र सुरज न्यौपानेको जोडी द्धितिय तथा कपिल श्रेष्ठ र सन्देश वस्नेतको जोडी तृतिय भयो । प्रथम,द्धितिय र तृतिय हुने जोडीले क्रमश नगद १५ हजार,१० हजार र ५ हजार रुपैया पुरस्कार प्राप्त गरेको खेलकुद समिति संयोजक दिनेश कट्टेलले वताए ।



















