खैरहनीमा लागुऔषध सहित चारजना पक्राउ
प्रकाशित मिति: शनिबार, माघ १८, २०७६ | २१:५९:३७
चितवन , १८ माघ।
पूर्वीचितवनको खैरहनीमा लागुऔषध सहित चारजना पक्राउ परेका छन् । खैरहनी ८ बाट प्रहरीले १ महिला सहित चारजनालाई पक्राउ गरेको हो ।
प्रहरीले खैरहनि ८ निवासी दिलिप चौधरी , दीक्षा चौधरी , खैरहनी ६ निवासी अजय कुमार तामाङ र जोतिन्द्र बहादुर पुनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १६ एम्पुल डाइजेपाम १६ एम्पुल फेनार्गन १६ एम्पुल व्युप्रिनोफेन बरामद गरेको छ ।
प्रकाशित मिति : शनिबार, माघ १८, २०७६ |
२१:५९:३७
6073



















