यातायात कार्यालयका अधिकृत पौडेल १३ हजार घुससहित पक्राउ
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६ | १३:०७:३१
काठमाडौं ,२० माघ ।
यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले १३ हजार घुससहित पौडेललाई नियन्त्रणमा लिइएको हो । सवारी कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, माघ २०, २०७६ |
१३:०७:३१
5809


















