संघमा पदभार लिएकै दिन महिला व्यवसायीको दर्ता नि:शुल्क गर्ने निर्णय
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७ | १९:१७:१२
चितवन , २४ माघ।
उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमितीले महिला व्यवसायीहरुको दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ । विहिबार पदभार गरेकै दिन बसेको कार्यसमितीको बैठकले उद्योग वाणिज्य संघको सदस्यता लिदाँ महिला व्यवसायीको शुल्क नलिने निर्णय गरेको हो ।
निर्वाचनमा जादाँ आफू र आफ्नो समूहले गरेको प्रतिबद्धता अनुरुप पहिलो बैठकबाट नै महिला व्यवसायीहरुलाई उद्योग वाणिज्य संघ खैरहनीको सदस्यता निशुल्क हुने निर्णय गरेको उवासंघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए । महिला उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्न सदस्यता शुल्क नलिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए ।संघमा व्यवसाय दर्ता गर्दा एक हजार रुपैयाँ लाग्ने गरेको थियो । महिला उद्योगी व्यवसायीको नयाँ सदस्यता नि शुल्क गरिएको र अब नविकरण गर्दा मात्रै शुल्क लाग्ने भएको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ २३, २०७७ |
१९:१७:१२
4115





















