गच्छदारलाई मुद्दा चलाएपछि देउवा निवासमा कांग्रेसको आकस्मिक बैठक
प्रकाशित मिति: बिहिबार, माघ २३, २०७६ | ११:५१:०६
काठमान्डौ,२३ माघ।
बालुवाटार जग्गा प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा गच्छदारमाथि अख्तियारले चलाएको मुद्दा र पार्टीले त्यसमा लिने धारणाबारे छलफल भइरहेको छ। बैठकमा कानुन व्यवसायीहरू पनि उपस्थित रहेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका शीर्ष नेताहरूले पार्टीनिकट कानुन व्यावसायीसँग छलफल गरिरहेका छन्।
प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६ |
११:५१:०६
6843



















